८९ यात्रु सवार विमानको चक्काले काम गरेन, रनवेमा घिसारेर पाइलटले गराए अवतरण « Khabarhub

८९ यात्रु सवार विमानको चक्काले काम गरेन, रनवेमा घिसारेर पाइलटले गराए अवतरण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार– म्यानमारमा अगाडिको चक्का विना नै पाइलटले सावधानीपूर्वक विमान अवतरण गरेका छन् । म्यानमारको माण्डलेमा रहेको विमानस्थलमा मुलुकको राष्ट्रिय वायुसेवाको विमान अवतरण गर्ने क्रममा अगाडिको चक्काले काम नगरेपछि त्यत्तिकै अवतरण गरिएको हो ।

अवतरण गरिएको एम्बारर १९० विमानभित्र ८९ यात्री रहेको जनाइएको छ । शुरुमा विमान अवतरण गर्ने क्रममा विमान चालक कप्तान म्याट मो ओउङले विमानको अगाडिको चक्काले काम गरे नगरेको निश्चित गर्न विमानस्थलको आकाशमा दुई फन्को लगाएका थिए । तर, विमानको अगाडिको चक्काले काम नगरेपछि जबरजस्ती अवतरण गर्नु परेको थियो । आपतकालीन अवतरण गर्ने क्रममा शुरुमा इन्धनका कारण विमानको वजन कम होस् भन्नाका लागि आकाशमा केही बेर विमान उडाइएको थियो ।

त्यसपछि विमानचालकले निकै होसियारीपूर्वक अवतरण गराउँदा पछाडिका चक्काले जमिनमा छोएको थियो भने पछि अघिल्लो भाग धावनमार्गमा २५ सेकेण्डसम्म घिसारिएको थियो । राजधानी यंगुनबाट माण्डलेका लागि उडेको विमानमा सवार सबै यात्री सुरक्षित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : १६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले