उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने नगरप्रमखुहरुको भनाइ | Khabarhub Khabarhub

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने नगरप्रमखुहरुको भनाइ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवालाको भनाइ छ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताए ।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो ।

कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ३४ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि