विघ्न-बाधाहरु निवारणका लागि रामभक्त हनुमानको गर्नुस् पूजा « Khabarhub

विघ्न-बाधाहरु निवारणका लागि रामभक्त हनुमानको गर्नुस् पूजा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रामभक्त हनुमानलाई विघ्न–बाधाहरुको निवारक कर्ताका रुपमा लिइन्छ । शुद्ध–पवित्र मनले हनुमानको पूजा गर्नाले मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरुको नाश हुने विश्वास गरिन्छ ।

जुन घरमा भगवान हनुमानजीको प्रसिद्ध मन्त्रोच्चारण हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन भन्ने धार्मिक मान्यता पनि छ । हनुमान यस्ता देवता हुन्, उनी छिट्टै प्रसन्न हुुन्छन् ।

जुन भक्तले मनैदेखि हनुमानको सेवा गर्दछन्, उसलाई पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास राखिन्छ । हनुमान प्रशन्न बनाउँन हनुमान चालिसा अथवा हुनमासँग जोडिएका मन्त्रहरु जप गर्नुपर्ने हुन्छ ।

जीवनमा केही बाधा अड्चन आइ परेमा हनुमानको नाम जपेमात्रै पनि विध्न वाधा हटेर जान्छ भन्ने धार्मिक विश्वास छ । हनुमानकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ ।

हनुमानको साधना गर्दा केही नियमप्रति ध्यान दिनु भने जरूरी हुन्छ । जुन यसप्रकार छन्–

१. पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ ।
२. निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ ।
३. हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ ।
४. पूजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुँदैन ।

मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । हनुमान रामभक्त भएको हुँदा भगवान रामको पूजा गर्दा पनि हनुमान प्रशन्न हुन्छन् । तुलसीदास जीले रामलाई पुकार्दा उनलाई हनुमानजीको कृपा सहजै प्राप्त भएको थियो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरूरी हुन्छ ।

पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ । तुलसीदास भन्छन्- हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रशन्न हुन्छन् । हनुमान साधनाको केही तांत्रिक प्रयोग र मन्त्र पनि छन् । त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ ।

शुक्ल पक्षको पहिलो मंगलबारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्ति हुने शास्त्रमा उल्ले छ ।

केही मन्त्र-

–‘ॐ नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मन्त्रको देवता हनुमान हुन्, यस मन्त्रलाई दश हजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ ।
– ॐ नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा ।
– ॐ नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा ।
– ॐ नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : २५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी