विश्वकप क्रिकेट : शीर्ष स्थानको न्युजिल्यान्डसँग भारतको प्रतिस्पर्धा « Khabarhub

विश्वकप क्रिकेट : शीर्ष स्थानको न्युजिल्यान्डसँग भारतको प्रतिस्पर्धा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (बिहीबार) भारत र न्युजिल्यान्डबीचको खेल हुँदैछ । नोटिङघामस्थित ट्रेन्टब्रिज मैदानमा हुने खेल नेपाली समय अनुसार ३ बजेर १५ मा शुरु हुनेछ ।

विश्वकपमा उत्कृष्ट लय प्रस्तुत गरिरहेका दुई टोलीबीचको खेल निकै महत्वपूर्ण रहेको क्रिकेट विश्लेषकहरुले बताएका छन् । यसअघि ३ खेल खेलिसकेको न्युजिल्यान्ड शतप्रतिशत नतिजासहि शीर्ष स्थानमा छ ।

६ अंकसहित शीर्ष स्थानको न्युजिल्यान्डलाई २ खेलमा दुवै खेल जीतेको भारत तेस्रो स्थानमा छ । आजको खेलमा न्युजिल्यान्डलाई रोक्दै आफ्नो लय कायम गर्ने योजनासहित भारत मैदान उत्रिदैछ ।

न्युजिल्यान्डका लागि आजको खेलमा उच्च फर्ममा रहेका ओपनिङ ब्याट्सम्यान शिखर धवन नहुँदा केही सहज हुने न्युुजिल्यान्डका खेलाडीले बताइसकेका छन् ।

यद्यपी भारतका ब्याट्सम्यानहरु जसले पनि टोलीलाई खेलमा फर्काउन सक्ने न्युलिल्यान्डमा डर छ ।

आईसीसी विश्व वरियतमा दोस्रो स्थानको भारतका लागि कप्तान विराट कोहली, रोहित शर्मा, महेन्द्रसिंह धोनीसहित बलरहरुमा युज्भेन्द्र चहाल, जस्प्रीत बु्रमाहले उत्कृष्ट बलिङ गर्न सक्नेछन् ।

यता, न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन, मार्टिन गप्टील, रोस ट्वेलरले टोलीका लागि भारतविरुद्ध राम्रो गर्न सक्ने खेलाडीका रुपमा हेरिएको छ भने बलिङ तर्फ लोकिइ फर्गुसन र मार्ट हेनरीले उत्कृष्ट गर्ने क्रिकेट प्रशंसकको अपेक्षा छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : १० बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता