निफले खुलायो फिल्म फेस्टिभलका लागि आवेदन, एनिमेसन र डकुमेन्ट्री विधा थपियो « Khabarhub

निफले खुलायो फिल्म फेस्टिभलका लागि आवेदन, एनिमेसन र डकुमेन्ट्री विधा थपियो


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सन् २०२० को फेब्रुअरीमा हुने नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को तेस्रो संस्करणमा सहभागिता जनाउन फिल्मकर्मीलाई आवेदन खुला गरिएको छ । विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ आयोजना गरिने फेस्टिभलमा सहभागी हुन  आयोजकले विज्ञप्ति जारी गर्दै आवेदन खुला गरेको जनाएको हो ।

फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले सन् २०१९ को १५ जुनदेखि ३० अक्टोबरसम्म आवेदन बुझाउनुपर्ने आयोजकले जनाएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराएको हो ।

फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो फेस्टिभलमा यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको छ । तेस्रो संस्करणबाट एनिमेसन र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिने भएको हो । एनिमेटेड विधामा पुरस्कृत हुने उत्कृष्ट एनिमेटेड चलचिलले ७ सय ५० डलर अमेरिकी डलरको मञ्जुश्री अवार्ड पाउनेछ ।

यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख राशीको नगद सहित पुरस्कार, उत्कृष्ट लघु फिल्मलाई नगद रु. ५० हजार सहित पुरस्कार र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता तथा अभिनेत्रीलाई ट्रफी प्रदान गरिने जनाइएको छ ।

यसपटक फेस्टिभलमा सहभागिताका लागि विदेशी फिल्मकर्मीहरुले www.filmfreeway.com मार्फत फिल्म पठाउन सक्ने र नेपाली फिल्मकर्मीहरुले www.filmfreeway.com वेबसाइटमा उपलब्ध फर्म डाउनलोड गरेर आवदेन गर्न सक्नेछन् । www.filmfreeway.com मार्फत् आउने विदेशी फिल्ममध्ये शर्टवाड डकुमेन्ट्री फिल्मले १० अमेरिकी डलर र फिचर फिल्मले १५ डलर शुल्कवापत फिल्म फ्रिवेलाई तिर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १० : ५० बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न