निफले खुलायो फिल्म फेस्टिभलका लागि आवेदन, एनिमेसन र डकुमेन्ट्री विधा थपियो « Khabarhub

निफले खुलायो फिल्म फेस्टिभलका लागि आवेदन, एनिमेसन र डकुमेन्ट्री विधा थपियो


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सन् २०२० को फेब्रुअरीमा हुने नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को तेस्रो संस्करणमा सहभागिता जनाउन फिल्मकर्मीलाई आवेदन खुला गरिएको छ । विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ आयोजना गरिने फेस्टिभलमा सहभागी हुन  आयोजकले विज्ञप्ति जारी गर्दै आवेदन खुला गरेको जनाएको हो ।

फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले सन् २०१९ को १५ जुनदेखि ३० अक्टोबरसम्म आवेदन बुझाउनुपर्ने आयोजकले जनाएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराएको हो ।

फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो फेस्टिभलमा यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको छ । तेस्रो संस्करणबाट एनिमेसन र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिने भएको हो । एनिमेटेड विधामा पुरस्कृत हुने उत्कृष्ट एनिमेटेड चलचिलले ७ सय ५० डलर अमेरिकी डलरको मञ्जुश्री अवार्ड पाउनेछ ।

यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख राशीको नगद सहित पुरस्कार, उत्कृष्ट लघु फिल्मलाई नगद रु. ५० हजार सहित पुरस्कार र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता तथा अभिनेत्रीलाई ट्रफी प्रदान गरिने जनाइएको छ ।

यसपटक फेस्टिभलमा सहभागिताका लागि विदेशी फिल्मकर्मीहरुले www.filmfreeway.com मार्फत फिल्म पठाउन सक्ने र नेपाली फिल्मकर्मीहरुले www.filmfreeway.com वेबसाइटमा उपलब्ध फर्म डाउनलोड गरेर आवदेन गर्न सक्नेछन् । www.filmfreeway.com मार्फत् आउने विदेशी फिल्ममध्ये शर्टवाड डकुमेन्ट्री फिल्मले १० अमेरिकी डलर र फिचर फिल्मले १५ डलर शुल्कवापत फिल्म फ्रिवेलाई तिर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १० : ५० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।