प्रधानमन्त्री ओली फ्रान्सको राजधानी पेरिसमा « Khabarhub

प्रधानमन्त्री ओली फ्रान्सको राजधानी पेरिसमा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली मुलुकहरुको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको राजधानी पेरिस पुगेका छन् ।

संयुक्त अधिराज्य (बेलायत)को औपचारिक भ्रमण सकेका प्रधानमन्त्री ३ दिने भ्रमणका लागि फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।

बेलायतबाट रेल यात्रामार्फत पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा प्रधानमन्त्री ओलीलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि पेरिस पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन पनि गरे । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे ।

बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सरिस भएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १ : २२ बजे

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट तासी शेर्पा, सीतावादी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा