ओमनको खाडीमा दुई पानीजहाजमाथि आक्रमण « Khabarhub

ओमनको खाडीमा दुई पानीजहाजमाथि आक्रमण


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मध्यपूर्वमा अस्थीरता बढ्ने संकेत देखिरहेका बेला ओमनको खाडीमा दुई मालवाहक पानीजहाजलाई लक्षित गरी आक्रमण भएको छ ।

हर्मुजको स्ट्रेटनजिक तेल बोक्ने दुई पानीजहाजलाई लक्षित गरी आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि पानीजहाजका चालक दलका सदस्यलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ ।

आक्रमणमा परेका पानीजहाजमा फ्रन्ट अल्टेइर नामक मार्शल टापुको ध्वजावाहक र अर्को कोकुका करिजियस नामक पानामाको ध्वजावाहक पानीजहाज रहेको जनाइएको छ । दुबै पानीजहाजका चालकदलका सदस्य सुरक्षित छन् ।

आक्रमणमा कसको हात छ भन्ने स्पष्ट नभएपनि यसअघि साउदी अरबले इरानमाथि यस्तो आक्रमण गराएको आरोप लगाउँदै आएको छ भने इरानले यस्तो आरोप खण्डन गर्दै आएको छ । अमेरिकाले इरानलाई लक्षित गरी मध्यपूर्वमा सैनिक उपस्थिती बढाइरहेका बेला पछिल्लो आक्रमण भएको हो ।

एक महिना अघि पनि हर्मुजको स्ट्रेटनजिकै संयुक्त अरब इमिरेट्सको जलक्षेत्रमा चार पानीजहाजलाई लक्षित गरी आक्रमण भएको थियो । हर्मुजको स्टे«टबाट विश्वको पाँच भागको एक भाग तेल निर्यात हुने गरेकाले त्यस क्षेत्रलाई रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : ०५ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय