फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको ‘निम्तो’– नेपालमा लगानी गर्न आउनुहोस् « Khabarhub

फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको ‘निम्तो’– नेपालमा लगानी गर्न आउनुहोस्


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधि सहभागी रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्था नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको पनि बताएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत–साधनको भण्डार र संभवना भएको बजार भएको पनि उल्लेख गरे ।

फ्रान्सेली व्यवसायीहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरी कानूनी जटिलताहरुको अन्त्य गरेकाले नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको दावी गरे ।

फ्रान्सस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा संभावित लगानीका क्षेत्र र लगानीको अवसरका विषयमा पनि व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही निश्चित कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका थिए । सो अवसरमा पनि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको संभावनाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : ३३ बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय