बलिउड अभिनेत्री दिशा पटानीका ९ रोचक तथ्य | Khabarhub Khabarhub

बलिउड अभिनेत्री दिशा पटानीका ९ रोचक तथ्य


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय चर्चामा आइरहने नायिका हुन् । उनी अभिनित फिल्म ‘भारत’ सिनेमा हलमा रिलिज भइरहेको छ । ‘बागी २’ मा उनले गरेको अभिनयको खुबै चर्चा भयो ।

उनका बारेमा ९ कुरा जानौँ:

बलिउडकी यी नायिकाले आफ्नो फिल्मी करिअर तेलुगू फिल्म ‘लोफर’ बाट शुरु गरेकी थिइन् । उनी सन् २०१५ मा फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

फिल्ममा आउनुभन्दा पहिले दिशाले क्याटबडी डेरी मिल्कको विज्ञापनमा पनि काम गरेकी थिइन् । उनी यही विज्ञापनका कारण कतिपय मेकरको नजरमा परेकी थिइन् ।

दिशा पटानी बलिउड उद्योगमा सबैभन्दा फिट अभिनेत्रीमा एक पर्छिन् । उनले आफ्नो लूकसँग फिटनेसमा पनि खुबै ख्याल गर्छिन् ।

दिशाले एक म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियो ‘बेफिक्रा’ हो । साथमा उनका ब्याइफ्रेन्ड टाइगर श्राफ पनि भिडियोमा देखिएका थिए ।

दिशाले एक अन्तर्वार्तामा बताएकी थिइन् कि, उनले आफ्नो अभिनय गर्ने इच्छा पूरा गर्न पढाइ छोडिन् । उनी मुम्बईमा जम्मा ५ सय लिएर आएकी थिइन् ।

टाइगर श्राफभन्दा पहिले दिशाले टिभी एक्टर पार्थ समथानसँग डेट गरेकी थिइन् । यी दुई झण्डै एक वर्ष सम्बन्धमा थिए ।

दिशा पटानी कलाकार हुनुका साथ डान्सर पनि हुन् । रणवीर कपूर दिशाका सबैभन्दा ठूला क्रस थिए ।

दिशाले अक्सर आफ्नो फेसनका कारण चर्चामा रहन्छिन् । उनी आफ्नो बोल्ड ड्रेसका कारण पनि चर्चामा रहिरहन रुचाउँछिन् ।

दिशा पटानी अमेरिकी फेसन ब्राण्ड केल्भिन क्लेनको ब्राण्ड एम्बास्डर हुन् । उनले केल्भिनको विज्ञापन गरेर सामाजिक सञ्जालमा तस्वीर शेयर गर्छिन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : ३८ बजे

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको