सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो « Khabarhub

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो


३० जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सार्वजानिक यातायातका भाडा बृद्धि गरेको छ । सरकारले हाल कायम भाडामा १२ प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो ।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर भनयाँ भाडादर कायम भएको जनाएको छ ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवत्ता तीर्थराज खनालले खबरहबलाई जानकारी दिए ।

बिहिबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ । लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए । सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

यस्तै ट्याक्सीको भाडादरमा समेत समायोजन गर्ने सरकारको तयारी छ । विहीबार(आज) बेलुका बैठक बसेर भाडादर निर्धारण गरिने प्रवक्ता खनालले जानकारी दिए ।

यस्तै सरकारले असार १ गतेदेखि रात्रिकालिन बस चलाउने तयारी गरेको छ । यसको भाडा दिउँसोको सवारीको भन्दा धेरै हुने छ । रात्रिकालिन बसको न्यूनतम भाडा २२ रुपैयाँ हुने भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ४ : ०९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२