प्रतिद्वन्द्वीलाई हानी पुर्‍याउने विदेशीका सूचना स्वीकार्ने ट्रम्पको भनाइ « Khabarhub

प्रतिद्वन्द्वीलाई हानी पुर्‍याउने विदेशीका सूचना स्वीकार्ने ट्रम्पको भनाइ


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा विदेशीसँग आफ्ना प्रतिद्वन्द्वीलाई हानी पुर्‍याउने सूचना भए आफूले सहर्ष स्वीकार्ने टिप्पणी गरेका छन् ।

एबीसी टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा विदेशी मुलुकबाट आएको भनिएको सूचनाबारे उनका छोरा डोनाल्ड ट्रम्प जुनियरले अमेरिकी संघीय जाँचबुझ व्यूरो एफबीआईलाई जानकारी दिनुपथ्र्यो कि पर्दैनथ्यो भन्ने प्रश्नमा उनले भने ‘हेर्नोस्, व्यवहारिक जीवन यसरी चल्दैन ।’

उनले भने– ‘यदि तपाईं सुन्न चाहनुहुन्छ भने तपाईं त्यसो गर्न सक्नुहुन्छ । यस्तो कुरा सुन्दा केही बिग्रिँदैन’, ‘यदि कसैले मलाई कुनै मुलुकबाट सम्पर्क गरी मेरा प्रतिद्वन्द्वीलाई हानी गर्ने कुनै सूचना छ भन्छ भने सायद म त्यस्तो सूचना सुन्न चाहन्छु’ उनले भने ।

पछि उनले यस्तो जानकारी पाए ‘सायद एफबीआईलाई सम्पर्क गर्ने’ प्रतिक्रिया दिएका थिए । अन्तरवार्तामा उनले २०१६ को निर्वाचनमा विदेशी शक्तिले हस्तक्षेप गरेको भन्ने आरोपको पनि खण्डन गरे । अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयले ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई प्रभावित बनाइरहेका बेला ट्रम्पको पछिल्लो टिप्पणी आएको हो ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको