प्रतिद्वन्द्वीलाई हानी पुर्‍याउने विदेशीका सूचना स्वीकार्ने ट्रम्पको भनाइ « Khabarhub

प्रतिद्वन्द्वीलाई हानी पुर्‍याउने विदेशीका सूचना स्वीकार्ने ट्रम्पको भनाइ


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा विदेशीसँग आफ्ना प्रतिद्वन्द्वीलाई हानी पुर्‍याउने सूचना भए आफूले सहर्ष स्वीकार्ने टिप्पणी गरेका छन् ।

एबीसी टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा विदेशी मुलुकबाट आएको भनिएको सूचनाबारे उनका छोरा डोनाल्ड ट्रम्प जुनियरले अमेरिकी संघीय जाँचबुझ व्यूरो एफबीआईलाई जानकारी दिनुपथ्र्यो कि पर्दैनथ्यो भन्ने प्रश्नमा उनले भने ‘हेर्नोस्, व्यवहारिक जीवन यसरी चल्दैन ।’

उनले भने– ‘यदि तपाईं सुन्न चाहनुहुन्छ भने तपाईं त्यसो गर्न सक्नुहुन्छ । यस्तो कुरा सुन्दा केही बिग्रिँदैन’, ‘यदि कसैले मलाई कुनै मुलुकबाट सम्पर्क गरी मेरा प्रतिद्वन्द्वीलाई हानी गर्ने कुनै सूचना छ भन्छ भने सायद म त्यस्तो सूचना सुन्न चाहन्छु’ उनले भने ।

पछि उनले यस्तो जानकारी पाए ‘सायद एफबीआईलाई सम्पर्क गर्ने’ प्रतिक्रिया दिएका थिए । अन्तरवार्तामा उनले २०१६ को निर्वाचनमा विदेशी शक्तिले हस्तक्षेप गरेको भन्ने आरोपको पनि खण्डन गरे । अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयले ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई प्रभावित बनाइरहेका बेला ट्रम्पको पछिल्लो टिप्पणी आएको हो ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ५० बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले