जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गरिने « Khabarhub

जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गरिने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती गृहमन्त्री सजिद जावेदले गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने आदेशमा हस्ताक्षार गरेको जनाएका छन् ।

बीबीसी रेडियो ४ को कार्यक्रममा कुरा गर्दै उनले बुधबार उक्त आदेशमा हस्ताक्षार गरेको खुलासा गरेका हुन् । धरौटी आदेश अटेर गरेको अभियोगमा दोषी प्रमाणित भई हाल बेलायती जेलमा रहेका उनलाई अमेरिकाविरुद्ध जासुसी गरेको अभियोग लागेको छ । अमेरिकामा उनीविरुद्ध १८ अभियोग दर्ता गरिएको छ ।

६ वर्ष बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बसेका उनलाई गत अप्रिलमा इक्वेडोरले शरण फिर्ता गरेपछि उनी अहिले बेलायतको उच्च सुरक्षा रहेको बेलमार्स जेलमा ५० साता लामो सजाय भोगिरहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : ५३ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको