सेनाको सपिङ कम्प्लेक्सदेखि वकिलको ‘ल कलेज’सम्म… « Khabarhub

सेनाको सपिङ कम्प्लेक्सदेखि वकिलको ‘ल कलेज’सम्म…


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जग्गा प्लटिङ कारोबारमा सक्रिय सेना शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । देशको भूमिरक्षा गर्ने दायित्व बेकेको राष्ट्रिय इन्चीटेप बोकेर कित्ताकाट गर्दै घडेरी बेचबिखनमा लागेको छ ।

सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारेबारमा समेत सेना सक्रिय छ ।

अब सपिङ कम्प्लेक्स बनाएर भाडामा दिने तयारीमा रहेको पत्रिकारले समाचार छापेको छ । त्यसैगरी सुन्दरीजलको पानी उद्योगमा पनि लगानी रहेको उल्लेख गरेको छ ।

सेनाका यस्ता विषयमा समयमै बहस गर्नुपर्ने सुरक्षाविज्ञ तथा सांसद दीपकप्रकाश भट्टले बताए । त्यसैगरी पूर्वउपरथी शिवराम प्रधानले सेनाले सपिङ कम्प्लेक्स बनाउन नहुने तर्क गरे ।

पूर्वउपरथी बिनोज बस्न्यातले सेना व्यापारउन्मूख भएको तर्क गर्दै संसारका धेरै मुलुकका सैनिकहरु यस्ता गतिविधिमा संगलग्न हुँदैनन् । दक्षिण एसियामा बंगलादेश र पाकिस्तानमा यस्तो भएको देखिन्छ । यो ठीक होइन ।

त्यसैगरी पत्रिकाले वकिलबाटै ठगिए सर्वोच्चका पूर्वन्यायाधीश शीर्षकमा अर्को समाचार छापेको छ । ल कलेज चलाउने भन्दै पौने तीन करोड ठगिएको जनाइएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरु नै अर्का एक अधिवक्ताबाट ठगिएका छन् । आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानूनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् ।

त्यसैगरी पत्रिकाले सीमासम्म भारतको जलमार्ग निर्माण शुरु शीर्षकमा अर्को समाचार छापेको छ । गण्डक नदीको नेपाली सीमासम्म बन्ने जलमार्गले नेपाल कसरी जोड्ने भन्ने अझै अन्योल छ ।

त्यस्तै एसइईका प्रश्न पत्र प्रदेश अनुसार फरक–फरक शीर्षकमा अर्को समाचार छापेको छ । अहिले ७२ सुरक्षाकर्मीको तीन घेरामा प्रश्नपत्र धमाधम छापिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : ०६ बजे

नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार

नेपालगञ्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

रियाद – करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको

एमालेमा केन्द्रीय कमिटीको उमेर हद हटाइयो

काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ ।

दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली

काठमाडौँ– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच

नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता