कसिंदै कर्मचारी– अब एक पटक मात्रै आरक्षण, नेकपामा चैन | Khabarhub Khabarhub

कसिंदै कर्मचारी– अब एक पटक मात्रै आरक्षण, नेकपामा चैन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपामा चैन, जम्बो समिति कसैलाई काम छैन शीर्षकमा आजको अन्नपूर्ण दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । नेकपामा ४११ जनाको जम्बो केन्द्रीय समिति छ । आमन्त्रित स्थायी समिति सदस्यलाई पनि जोड्ने हो भने यो संख्या ४ सय ५१ पुग्छ । तर केन्द्रीय नेताको कामको टुंगो छैन । एकीकरणपछि नेकपाले नेतालाई काम बाँडफाँट गर्न सकेको छैन ।
त्यस्तै पत्रिकाले कसिंदै कर्मचारी, अब एक पटक मात्रै आरक्षणको शीर्षकमा अर्को समाचार छापेको छ । आरक्षणका नाममा उही व्यक्तिले पटक पटक अवसर लिने अवस्था देखिएपछि आरक्षित समूहमा शक्तिशालीकै हालीमुहाली चल्थ्यो । अब त्यसलाई परिवर्तन गरी कर्मचारी तन्त्रमा एकपटक मात्र आरक्षणको नियम ल्याइने भएको छ ।
त्यस्तै पत्रिकाले ४०० वर्ष पुरानो वृक्ष चोरियो शीर्षकमा जापाको समाचार पहिलो पृष्ठमा छापेको छ । चोरले केही पनि बाँकी राख्दो रहेनछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैंचाबाट ४ सय वर्ष पुरानो बोनसाई (आकारमा ल्याइएको वृक्ष) चोरिएको हो । अरु ६ वटा रुखसमेत चोरिएका छन् ।
त्यस्तै अन्ततः मेक्सिको छेक्ने भयो अमेरिकाले शीर्षकमा पनि अर्को समाचार छापेको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउने निर्णयका समर्थकसँग टेक्ससमा मंगलबार ¥यालीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत उपस्थित भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत – भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

खोटाङ – करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित