उमेर नपुगेकी प्रेमिकासँग शारीरिक सम्बन्ध, ८ वर्ष जेल « Khabarhub

उमेर नपुगेकी प्रेमिकासँग शारीरिक सम्बन्ध, ८ वर्ष जेल


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ। किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ।

युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन्। अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती–४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल तोकेको हो। कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत पुगेको छ।

जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले १४ वर्ष मुनिका किशोरीसँग सहमतिमै यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ भन्ने खबर अन्नपूर्ण पाेष्ट दैनिकमा छ। फाैजदारी न्यायमा कानुनकाे अनभिज्ञता क्षम्य हुँदैन भन्ने सिद्धान्त रहेकाे अदालतका अधिकारी बताउँछन्।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ०५ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर