लाइसेन्समा खै लगाम ? बार्गेनिङमा बिक्छन् विदेशसम्मै « Khabarhub

लाइसेन्समा खै लगाम ? बार्गेनिङमा बिक्छन् विदेशसम्मै



काठमाडौं –  सवारी साधन चलाउन लाइसेन्स अनिवार्य चाहिन्छ । विना लाइसेन्स सवारी कुदाउनेहरु पनि छन् बजारमा । तर, ट्रायल नै पास नगरी नक्कली लाइसेन्स बनाएर सडक हुइक्याइनेहरुको पनि कमी छैन । यस्ता नक्कली लाइसेन्स बोक्नेहरु ४० हजार बढी भएको बताइन्छ ।

गत कात्तिक २२ गते काठमाडौंको कालिमाटीबाट मेनबहादुर मोक्तानको नाममा रहेको ०६–०५५८३४ नम्बरको नक्कली सवारी चालक परिचाय पत्र बरामद् भयो ।

त्यस अघि भदौमा पनि कोटेश्वरबाट भुमसंग दोर्जे लामाको नाममा भेटिएको सवारी चालक अनुमतिपत्र नक्कली पुष्टि भयो । यी त केही प्रतिनिधीमुलक उदाहारण मात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तका अनुसार, पछिल्लो ४ बर्ष यता मात्र ३३ वटा नक्कली सवारी चालक अनुमतिपत्र भेटिएका छन् ।

कहिले कति बरामद् ?

–आर्थिक बर्ष २०७१/०७२ – १४ वटा
–आर्थिक बर्ष २०७२/०७३ – ८ वटा
–आर्थिक बर्ष २०७३/०७४ – ८ वटा
–आर्थिक बर्ष २०७४/०७५ – ४ वटा (कात्तिक सम्म)

यो त भयो प्रहरीले बरामद् गरेको नक्कली लाइसेन्सको तथ्याङ्क । केही समय अघि महानगरीय प्रहरी बृत्त दरबारमार्गले नक्कली सवारी चालक अनुमति पत्र बनाउने गिरोहका केही सदस्यलाइ नियन्त्रणमा लिएको थियो ।

प्रहरी अनुसन्धान अनुसार उक्त प्रति लाइसेन्सको २० हजार रुपैयाँ भन्दा बढी लिने गरेका थिए । तर, यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय समाचारमा बाहेक अहिलेसम्म कतैबाट नक्कली लाइसेन्सका बारेमा आधिकारीक जानकारी नपाएको बताउँछन् ।

जानकारहरु नक्कली लाइसेन्स बनाउन यातायाताका कर्मचारी र ट्राफिक प्रहरीकै मिलेमतो भएको आरोप लगाउँछन् । यातायात ब्यवस्था विभाग भने यो कुरा स्वीकार्दैन । नक्कली लाइसेन्स बनाउन बाहिरी व्यक्ति वा दलाल र विचौलियाको हातहुन सक्ने विभागको ठहर छ । यता ट्राफिक प्रहरी भने नक्कली लाइसेन्स बनाउने गिरोहले छाप र कार्ड आफै बनाउने गरेको दाबी गर्छ ।

कति लाइसेन्स नक्कली ?

केही समय अघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एउटा गिरोहले दैनिक १२ वटासम्म सवारी चालक अनुमतिपत्र विक्री गर्ने भनेर प्रहरीलाई बयान दिएका थिए ।

त्यो गिरोहले ६ वर्षदेखि निरन्तररुपमा नक्कली सवारी चालक अनुमति पत्र बनाएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार, त्यो समूहले मात्र प्रहरीले पक्राउ गरेको अवधिसम्म २६ हजार भन्दा बढी नक्कली लाइसेन्स बनाएको देखिन्छ ।

त्यसबाहेक अन्य गिरोहले पनि लाइसेन्स बनाइरहेका छन् । यातायात ब्यवस्था विभागमा दर्ता भएको सवारी र लाइसेन्सल लिनेहरुको तथ्याङ्क हेर्दा पनि नेपालमा ४० हजार जति नक्कली लाइसेन्स भएको अनुमान गर्न सकिन्छ । यद्यपि आधिकारिक तथ्याङ्क भने कसैसँग छैन ।

कस्तो ट्रेण्ड ?
सुरुमा सवारी लाइसेन्स आवश्यकता भएका व्यक्तिहरुको पहिचान गर्ने, अनि उनिहरुको क्षमता अनुसारको रकम माग गर्ने । कम्तिमा १० हजार र त्योभन्दा माथिको रकम दिएपछि घरमा नै सवारी चालक अनुमति पत्र आउने । कहाँ बन्छ ? कसले बनाउँछ ?  ल्याउने को ? सवै गुपचुप राखिन्छ ।

अनुसन्धान अनुसार यस्ता गिरोहले नेपालमै भन्दा पनि विदेश जानेहरुका लागि लाइसेन्सको ब्यापार गर्ने गरेका छन् । दैनिकजसो हुने सवारी दुघर्टनाको एउटा कारणमा नक्कली सवारी अनुमतिपत्रका आधारमा सवारी चलाउनु पनि रहेको प्रहरीको भनाइ छ ।

सरकारी आंकडाले नै नक्कली लाइसेन्सका आधारमा सवारी चलाउने उलेख्य भएको देखाइरहँदा पनि नियमनकारी निकायले भने यसप्रति खासै गम्भीरता देखाएको पाइंदैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : १५ बजे

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट