ऋचा र सुरक्षाले गरे निश्चलको ‘फर्गो’ को विमोचन | Khabarhub Khabarhub

ऋचा र सुरक्षाले गरे निश्चलको ‘फर्गो’ को विमोचन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा लेखक निश्चल मल्लले उपन्यास ‘फर्गो’ बजारमा ल्याएका छन् । उनको उपन्यासको मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरियो ।

उपन्यासलाई नायिका ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुबिन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले उपन्यासको संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै नायिका ऋचा शर्माले कम उमेरमा उपन्यास लेखेका निश्चलको तारिफ गरिन् । उनले लेखक सौगातको तारिफ गर्दै उमेरमा कम भए पनि पुस्तकमा परिपक्वता देखिएको बताइन् ।

‘उन्नाइस/बीस वर्षको उमेरमा यत्तिको पुस्तक लेख्नु साँच्चिकै प्रशंसनीय काम हो, यसको भाषा मलाई मन परेको अर्को पक्ष हो ।’, ऋचाले भनिन् ।

तस्वीर – बूकहिल

साथै ऋचाले पुस्तक एक बसाइँमै पढेर सकेको पनि बताइन् । अर्की अभिनेत्री सुरक्षा पन्तले आफूलाई लेख्ने मान्छे विशेष लाग्ने गरेको बताइन् । यस्तै लेखक सुबिन भट्टराईले पनि आफ्ना पुराना दिन याद आएको बताए ।

सुबिनले व्यस्तताका कारण पुस्तक पढन् नपाएकाले पुस्तकका बारेमा नबोले पनि हरेक पुस्तक लेखकका लागि स्पेशल हुने भएकाले निश्चलका लागि पनि यो पुस्तक स्पेशल होस् भन्ने शुभकामना दिए ।

लेखक निश्चलले पुस्तकमा रोमान्स र रहस्य समेटेको बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामा आफूले सोचेजस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ, जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामापनि पुस्तकमा अटाएको छ, पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ ।’

पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १२ : २० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास