सुरक्षा पन्तलाई प्रश्न : के छ प्रणय दिवसको योजना ? « Khabarhub

सुरक्षा पन्तलाई प्रश्न : के छ प्रणय दिवसको योजना ?


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘घर’ को शूटिङ पनि सकियो, कस्तो रह्यो अनुभव ?

– गाडी चलाएजस्तो । धेरै कुरामा एकैपटक चेतनशील हुनुपर्ने खालको अनुभव रह्यो । अभिनयले मात्र गरेर नपुग्ने जानरा हो यो । समय र प्राविधिक आयामको सेरोफेरोभित्र छोटो समयमा दिमाग चलाउन सक्नु पनि एउटा कलाकारको जिम्मेवारीभित्र पर्न सक्छ । हरर फिल्मको माग शायद यही हो । मेरो कलाकारितामा एउटा इट्टा थप्ने काम गरेजस्तो लागेको छ यो फिल्मले ।

रातको निद्रा त्यागेर काम गर्नुपर्ने कुराले त्यागको बाटो पनि सिकाएको छ । शायद, यो त्याग केही प्राप्तिको संकेत पक्कै हुनसक्छ । त्यो प्राप्ति भौतिक कुराभन्दा चाहिँ माथि छ ।

ब्याक टु ब्याक फिल्म खेलिरहनुभएको छ, पैसामुखी भएको भन्ने आरोप पनि आउन थालेको छ नि ? 

– ब्याक टु ब्याक फिल्म खेल्न पैसा कमाउन मात्र हो भन्ने मानसिकता पुरानो भइसक्यो । एउटा कलाकारको आँखाबाट हेर्ने हो भने हामी पैसाले भन्दा कला प्रस्तुतिको खुराकले बाँचिरहेका हुन्छौँ । फिल्म धेरै गर्नु एउटा पाटो भयो । फिल्मको धेरै अफर आउनु अर्को पाटो हो । कुन तरिकाले हेर्ने भन्ने हेर्नेको दृष्टिकोणमा पनि निर्भर हुन्छ । मैले चाहिँ सुनेको छैन ।

यदि त्यस्तो हो भने जति फिल्म गरे पनि हामी भ्रष्टाचार नगरी काम गर्छौं यसरी काम गरेर आउने रकमले महल खडा गर्न सक्दैनौँ । ढुक्क हुँदा हुन्छ, त्यसैले आरोप आयो भने पनि हो नै भन्नुपर्ला ।

फिल्ममा बढी सक्रिय हुँदा पढाइलाई प्रभाव परेको छैन ?

– छैन । न जबरजस्ती फिल्मको गरेको हो, न जबरजस्ती पढेको हो । फिल्म र पढाइ नभए पनि बाँच्न त सकिन्छ नि । महत्त्वाकांक्षा शून्य हुँदै जाँदा सबै आफै मिल्छ । मान्छे भनेको बहुआयामिक हो झैँ लाग्छ मलाई । त्यसै सर्वश्रेष्ठ प्राणी भन्न कहाँ पाइन्छ त आफूलाई? घरमा एउटी आमाले बिहान उठेदेखि के–के गर्न भ्याउनुहुन्छ हेर्नुभएको छ? त्यसको अगाडि मेरो काम त केही होइन ।

तस्वीर – सुरक्षा पन्त

– जे होस्, अहिलेसम्म एक अर्कालाई हानी हुने हिसाबले देखा परेको छैन र केही परिहाल्यो भने कुरा गर्ने, मिलाउने त हो । बरु यसलाई व्यवस्थापन खुबीको रुपमा हेर्न सकिएला । सबैजना मिलेर काम गर्ने उद्देश्यले आउनुभएको हो । सबै बुझ्ने हुनुहुन्छ । कहिलेकाहीँ क्लास छुट्छ । पछि कभर गर्छु ।

कतिले त दीपेन्द्र के. खनालसँग दोहोरिएर काम गरेकोमा पनि शंका गरिरहेका छन्, किन होला ?

– अब अरुले अफर गर्नुभएन त के गर्नु ? जसले अफर गर्नुहुन्छ, उहीसँग त गर्ने हो नि । बरु अझै गर्नु मन छ उहाँसँग अरु फिल्महरु पनि । फिल्ममा पहिलो रोजाइभन्दा पनि अन्तिम रोजाइ भएको पनि त हुनसक्छ । भित्री कुरा कसलाई के थाहा हैन र ? अनुमानमा बाँच्ने हामी मान्छेहरु शंकाको दायराभन्दा पर जान सक्दैनौँ । शंकाले लंका जलाउँछ । नगर्नुस् । सोच मिल्ने मेकरसँग काम गर्दा दोहोरिनु स्वभाविक हो ।

के छ त प्रणय दिवसको विशेष योजना ?

– एउटा विज्ञापनको शूटिङ छ । हाम्रो शूटिङ न प्रणय दिवसमा रोकिन्छ, न कलेज बिदा हुन्छ । अहिलेसमम्म विशेष योजना बनाउन विशेष दिन प्रणय दिवस महसूस भएको छैन । विशेष योजनाले भन्दा पनि आकस्मिक घटनाहरुले जीवन चाहिँ विशेष बनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : १५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले