सुरक्षा पन्तलाई प्रश्न : के छ प्रणय दिवसको योजना ? « Khabarhub

सुरक्षा पन्तलाई प्रश्न : के छ प्रणय दिवसको योजना ?


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘घर’ को शूटिङ पनि सकियो, कस्तो रह्यो अनुभव ?

– गाडी चलाएजस्तो । धेरै कुरामा एकैपटक चेतनशील हुनुपर्ने खालको अनुभव रह्यो । अभिनयले मात्र गरेर नपुग्ने जानरा हो यो । समय र प्राविधिक आयामको सेरोफेरोभित्र छोटो समयमा दिमाग चलाउन सक्नु पनि एउटा कलाकारको जिम्मेवारीभित्र पर्न सक्छ । हरर फिल्मको माग शायद यही हो । मेरो कलाकारितामा एउटा इट्टा थप्ने काम गरेजस्तो लागेको छ यो फिल्मले ।

रातको निद्रा त्यागेर काम गर्नुपर्ने कुराले त्यागको बाटो पनि सिकाएको छ । शायद, यो त्याग केही प्राप्तिको संकेत पक्कै हुनसक्छ । त्यो प्राप्ति भौतिक कुराभन्दा चाहिँ माथि छ ।

ब्याक टु ब्याक फिल्म खेलिरहनुभएको छ, पैसामुखी भएको भन्ने आरोप पनि आउन थालेको छ नि ? 

– ब्याक टु ब्याक फिल्म खेल्न पैसा कमाउन मात्र हो भन्ने मानसिकता पुरानो भइसक्यो । एउटा कलाकारको आँखाबाट हेर्ने हो भने हामी पैसाले भन्दा कला प्रस्तुतिको खुराकले बाँचिरहेका हुन्छौँ । फिल्म धेरै गर्नु एउटा पाटो भयो । फिल्मको धेरै अफर आउनु अर्को पाटो हो । कुन तरिकाले हेर्ने भन्ने हेर्नेको दृष्टिकोणमा पनि निर्भर हुन्छ । मैले चाहिँ सुनेको छैन ।

यदि त्यस्तो हो भने जति फिल्म गरे पनि हामी भ्रष्टाचार नगरी काम गर्छौं यसरी काम गरेर आउने रकमले महल खडा गर्न सक्दैनौँ । ढुक्क हुँदा हुन्छ, त्यसैले आरोप आयो भने पनि हो नै भन्नुपर्ला ।

फिल्ममा बढी सक्रिय हुँदा पढाइलाई प्रभाव परेको छैन ?

– छैन । न जबरजस्ती फिल्मको गरेको हो, न जबरजस्ती पढेको हो । फिल्म र पढाइ नभए पनि बाँच्न त सकिन्छ नि । महत्त्वाकांक्षा शून्य हुँदै जाँदा सबै आफै मिल्छ । मान्छे भनेको बहुआयामिक हो झैँ लाग्छ मलाई । त्यसै सर्वश्रेष्ठ प्राणी भन्न कहाँ पाइन्छ त आफूलाई? घरमा एउटी आमाले बिहान उठेदेखि के–के गर्न भ्याउनुहुन्छ हेर्नुभएको छ? त्यसको अगाडि मेरो काम त केही होइन ।

तस्वीर – सुरक्षा पन्त

– जे होस्, अहिलेसम्म एक अर्कालाई हानी हुने हिसाबले देखा परेको छैन र केही परिहाल्यो भने कुरा गर्ने, मिलाउने त हो । बरु यसलाई व्यवस्थापन खुबीको रुपमा हेर्न सकिएला । सबैजना मिलेर काम गर्ने उद्देश्यले आउनुभएको हो । सबै बुझ्ने हुनुहुन्छ । कहिलेकाहीँ क्लास छुट्छ । पछि कभर गर्छु ।

कतिले त दीपेन्द्र के. खनालसँग दोहोरिएर काम गरेकोमा पनि शंका गरिरहेका छन्, किन होला ?

– अब अरुले अफर गर्नुभएन त के गर्नु ? जसले अफर गर्नुहुन्छ, उहीसँग त गर्ने हो नि । बरु अझै गर्नु मन छ उहाँसँग अरु फिल्महरु पनि । फिल्ममा पहिलो रोजाइभन्दा पनि अन्तिम रोजाइ भएको पनि त हुनसक्छ । भित्री कुरा कसलाई के थाहा हैन र ? अनुमानमा बाँच्ने हामी मान्छेहरु शंकाको दायराभन्दा पर जान सक्दैनौँ । शंकाले लंका जलाउँछ । नगर्नुस् । सोच मिल्ने मेकरसँग काम गर्दा दोहोरिनु स्वभाविक हो ।

के छ त प्रणय दिवसको विशेष योजना ?

– एउटा विज्ञापनको शूटिङ छ । हाम्रो शूटिङ न प्रणय दिवसमा रोकिन्छ, न कलेज बिदा हुन्छ । अहिलेसमम्म विशेष योजना बनाउन विशेष दिन प्रणय दिवस महसूस भएको छैन । विशेष योजनाले भन्दा पनि आकस्मिक घटनाहरुले जीवन चाहिँ विशेष बनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : १५ बजे

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६