लक्की, डिक्की र निक्कीको आत्मकथा : ‘हामी थ्री सिस्टर्स’ | Khabarhub Khabarhub

लक्की, डिक्की र निक्कीको आत्मकथा : ‘हामी थ्री सिस्टर्स’


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिप्लेढुङ्गा– पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् ।

लेखककी आमा लीलामायाको वार्षिक पुण्यतिथिमा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा साहित्यकार सरुभक्तले उक्त कृतिले जीवनको असहज मोडलाई पार लगाएर मेहनत र आत्मविश्वासले कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।

निबन्धकार युवराज नयाँघरेले पर्यटन क्षेत्रमा रहेर लेखिएको सो पुस्तकमा इमान्दारी भेटिएको बताउँदै पछिल्लो समय धेरैले आत्मकथा रुचाउन थालेकाले सो कृतिले पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कृति लेखक लक्कीले आमाको प्रेरणा तथा साथ र सहयोगले यस क्षेत्रका हरेक चुनौतीलाई पार ण्लगाउन सफल भएको जिकिर गरिन् ।

कार्यक्रममा तीन दिदीबहिनीको अभिभावकको भूमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गरेवापत पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठीलाई ‘थ्रि सिस्टर्स’ सम्मान दिइएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ४१ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ