लक्की, डिक्की र निक्कीको आत्मकथा : ‘हामी थ्री सिस्टर्स’ « Khabarhub

लक्की, डिक्की र निक्कीको आत्मकथा : ‘हामी थ्री सिस्टर्स’


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिप्लेढुङ्गा– पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् ।

लेखककी आमा लीलामायाको वार्षिक पुण्यतिथिमा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा साहित्यकार सरुभक्तले उक्त कृतिले जीवनको असहज मोडलाई पार लगाएर मेहनत र आत्मविश्वासले कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।

निबन्धकार युवराज नयाँघरेले पर्यटन क्षेत्रमा रहेर लेखिएको सो पुस्तकमा इमान्दारी भेटिएको बताउँदै पछिल्लो समय धेरैले आत्मकथा रुचाउन थालेकाले सो कृतिले पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कृति लेखक लक्कीले आमाको प्रेरणा तथा साथ र सहयोगले यस क्षेत्रका हरेक चुनौतीलाई पार ण्लगाउन सफल भएको जिकिर गरिन् ।

कार्यक्रममा तीन दिदीबहिनीको अभिभावकको भूमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गरेवापत पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठीलाई ‘थ्रि सिस्टर्स’ सम्मान दिइएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ४१ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,