नेपाल प्रहरीका १२ एसपीको काज सरुवा | Khabarhub Khabarhub

नेपाल प्रहरीका १२ एसपीको काज सरुवा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

प्रहरीको नयाँ काज सूची अनुसार, कञ्चनपुरमा पठाइएका कुबेर कठाएतलाई सामाखुशीस्थित पहरागणमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले दिनेश आचार्यलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै एसपी मुकेश कुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, दिनेशराज मैनालीलाई झापा, गोपालचन्द्र भट्टराई सर्लाही र कृष्णहरी शर्मालाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी केदार ढकाल महानगरीय अपराध महाशाखामा भूपेन्द्र खत्री रौतहटमा, दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र ध्रुवराज राउत दंगा नियन्त्रण गण हेटौंडामा काज सरुवा भएका छन् ।

त्यसैगरी एसपी योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २६ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई