कंगनाको सपोर्ट गर्दै विद्या बालनले भनिन्, ‘मणिकर्णिका’ सबैभन्दा शानदार फिल्म | Khabarhub Khabarhub

कंगनाको सपोर्ट गर्दै विद्या बालनले भनिन्, ‘मणिकर्णिका’ सबैभन्दा शानदार फिल्म


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बक्स अफिसमा सय करोड क्लबमा प्रवेश गरिसकेको छ । तर फिल्मको रेस्पोन्स भने औसत आएको छ । यही विषयलाई लिएर कंगना दुःखी छिन् ।

उनले पछिल्लो समय केही कलाकारलाई तोकेरै आफूलाई समर्थन नगरेको भन्दै विरोध समेत गरिन् । कंगनाको सपोर्टमा बलिउडकी अर्की चर्चित नायिका विद्या बालनले बोलेकी छिन् ।

विद्या बालनले एक अन्तर्वार्तामा मणिकर्णिकाको खुलेरै तारिफ गरिन् । ‘मैले हालै यो फिल्म हेरेँ, फिल्ममा देखिएको हार्डवर्कको कारण मलाई अचम्म बनायो, पूरै टिमलाई यसका लागि बधाई दिन चाहन्छु’, उनले भनिन्, ‘लामो समयदेखि कैयन् वार सीक्वेन्स फिल्म हेरेँ, तीमध्ये यो फिल्म सबैभन्दा राम्रो लाग्यो ।’

कंगना रनावतले यो फिल्ममा झाँसीको भूमिका निभाएकी छिन् । यो फिल्ममा कंगनाको भूमिकालाई फ्यानले भने तारिफ गरेका छन् ।

फिल्म रिलिजपछि कंगनाले आफूलाई कलाकारले सपोर्ट नगरेको भन्दै विरोध जनाएकी थिइन् । अर्की अभिनेत्री आलिया भाटलाई त उनले कठपुतली भनेरै आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ५९ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज