कंगनाको सपोर्ट गर्दै विद्या बालनले भनिन्, ‘मणिकर्णिका’ सबैभन्दा शानदार फिल्म « Khabarhub

कंगनाको सपोर्ट गर्दै विद्या बालनले भनिन्, ‘मणिकर्णिका’ सबैभन्दा शानदार फिल्म


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बक्स अफिसमा सय करोड क्लबमा प्रवेश गरिसकेको छ । तर फिल्मको रेस्पोन्स भने औसत आएको छ । यही विषयलाई लिएर कंगना दुःखी छिन् ।

उनले पछिल्लो समय केही कलाकारलाई तोकेरै आफूलाई समर्थन नगरेको भन्दै विरोध समेत गरिन् । कंगनाको सपोर्टमा बलिउडकी अर्की चर्चित नायिका विद्या बालनले बोलेकी छिन् ।

विद्या बालनले एक अन्तर्वार्तामा मणिकर्णिकाको खुलेरै तारिफ गरिन् । ‘मैले हालै यो फिल्म हेरेँ, फिल्ममा देखिएको हार्डवर्कको कारण मलाई अचम्म बनायो, पूरै टिमलाई यसका लागि बधाई दिन चाहन्छु’, उनले भनिन्, ‘लामो समयदेखि कैयन् वार सीक्वेन्स फिल्म हेरेँ, तीमध्ये यो फिल्म सबैभन्दा राम्रो लाग्यो ।’

कंगना रनावतले यो फिल्ममा झाँसीको भूमिका निभाएकी छिन् । यो फिल्ममा कंगनाको भूमिकालाई फ्यानले भने तारिफ गरेका छन् ।

फिल्म रिलिजपछि कंगनाले आफूलाई कलाकारले सपोर्ट नगरेको भन्दै विरोध जनाएकी थिइन् । अर्की अभिनेत्री आलिया भाटलाई त उनले कठपुतली भनेरै आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ५९ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान