घुससहित प्रहरीका असई र फर्निचर व्यवसायी पक्राउ « Khabarhub

घुससहित प्रहरीका असई र फर्निचर व्यवसायी पक्राउ


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले औरही प्रहरी चौकीका असई राम नरेश साह तेलीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भारतीय सीमावर्ती बजारबाट घरमा प्रयोग हुने विद्युतीय सामग्री ल्याउन सहज घराइदिने भन्दै स्थानीयसँग घुस मागेका थिए ।

स्थानीयको उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले असई तेलीलाई १० हजार रुपैयाँ घुस लिँदा लिँदै मंगलवार प्रहरी चौकीबाटै पक्राउ गरेको थियो । असई तेलीसहित अख्तियारले घुस दिँदै गरेको अवस्थामा स्थानीय फर्निचर व्यवसायी दिनेश साहलाई पनि पक्राउ गरेको थियो । तर, स्थानीयको भीडले दुवैजनालाई भगाउन मद्दत गरेपछि अख्तियारको टोली फर्किएको थियो ।

अख्तियारले घुस लिँदा लिँदै पक्राउ गर्दा फरार भएका दुवैजनालाई बुधवार पक्राउ गरेको हो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : ०९ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका