डडेल्धुरा अस्पतालको सेवा तीनदेखि ठप्प, सेवा नपाउँदा बिरामीलाई सास्ती « Khabarhub

डडेल्धुरा अस्पतालको सेवा तीनदेखि ठप्प, सेवा नपाउँदा बिरामीलाई सास्ती


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा खटिएका चिकित्सकमाथि आक्रमणको विषयलाई लिएर तीनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको छ । चिकित्सकमाथि पटकपटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकले बिहीबारदेखि आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका हुन् ।

उपचारको क्रममा गत जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तोडफोड भएको थियो । शल्यक्रिया गरी शिशु जन्माएकी ताम्राकारको अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए । मृतकका आफन्तसँग तीनबुँदे सहमति भएपछि त्यति बेलाको विवाद साम्य भएको थियो ।

यही असार १ गते अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै अस्पतालमा कार्यरत ११ जना चिकित्सक बिदामा बसेका थिए ।

पटकपटक यसखालका घटनाले अस्पतालको सेवा नियमित सञ्चालन नहुँदा टाढाबाट आउने बिरामी मार्कामा पर्न थालेका छन् । आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि सेवाग्राहीले अहिले सास्ती भोगिरहेका लालिका दार्चुलाका मनोज नेपालीले बताए ।

चिकित्सकको सुरक्षाको जिम्मेवारी प्रशासनले लिने हुँदा अस्पतालको सेवा पुनः सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आग्रह गरेका छन् । पटकपटक आक्रमण हुँदा स्थानीय प्रशासनबाट कुनै सुरक्षा नपाएका कारण आफूहरु काममा फर्कन नसक्ने अस्पतालका चिकित्सक डा जीवन खरेलले बताए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : १३ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो