उदयपुर प्रभावित : पहाडी क्षेत्रमा पहिरो समथर भुभाग जलमग्न | Khabarhub Khabarhub

उदयपुर प्रभावित : पहाडी क्षेत्रमा पहिरो समथर भुभाग जलमग्न


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गणेश उप्रेती
उदयपुर–केहि दिनदेखि निरन्तर अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित पारेको छ । बर्षाले पहाडी क्षेत्रमा पहिरो गएको छ भने समथर भुभाग डुवानमा परेको छ । ग्रामिण सडक संजाल अवरुद्ध भएको छ ।

निरन्तरको बर्षातले उदयपुरको ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जानुका साथै घर पुरिएका छन् । पहिरोले ताप्ली गाउँपालिका ५ गैरिगाउँका रबी रम्तेल र वडा नं. २ धारापानीमा पृथ्वी बहादुर परियारको घरसमेत पहिरोले पुरिएको छ । वर्षाले उदयपुरका ग्रामिण सडकमा सवारी आवागमन अवरुद्ध भएको छ ।

यातायात अवरुद्ध भएपछि यात्रुलाई सास्ती पर्नुका साथै विरामीले उपचार गर्न अस्पताल जानसमेत समस्या भएको छ । निरन्तर पानी परिरहेकाले उदयपुरका सबैजसो नदी तथा खहरे खोलाहरुमा लगातार बाढी आएर सडक पूरै अवरुद्ध पारेको छ । यस्तै पहिरो कारण सडकमा क्षति पुगेपछि सिद्दिचरण राजमार्गको कटारी घुर्मी सडक खण्ड अवरुद्ध बनेको छ । जसका कारण खोटाङ, ओखलढुंगा तथा सोलुखुम्बुमा यातायात सेवा अवरुद्ध भएको छ ।

निरन्तर परिरहेको भारी बर्षाको कारण सदरमुकाम गाईघाट स्थित त्रियुगा र वरुवा नदीमा आएको बाढीले गाईघाट बजार डुवान भएको छ । त्रियुगा र बरुवा खोलामा आएको बाढीका कारण सयौ विगाहा खेती योग्य जमिन कटान गरि सकेको छ भने मानविय क्षति हुन नदिन नदी आपपासका स्थानियहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ । निरन्तरको बर्षा पछि नगर क्षेत्रको गाईघाट बजार जलमग्न हुनुको साथै साकेला टोल, मुसहर बस्ती डुवानमा परेको छ । ति क्षेत्रका घर बस्ती भित्र पानी पसेको कारण स्थानिय समस्यामा परेका छन् ।

यस्तै बर्षाले उदयपुरकै बेलका नगरपालिकाको पनि जनजीवन प्रभावित भएको छ । बेलका नगरपालिका का अधिकांश स्थानहरू जलमग्न भएका छन । बेलका नगरपालिका भएर बग्ने नदिहरूमा पानि वहाव बढेको र ठाउँ ठाउँमा कटान गरेका कारण सयौ बिगाहा खेति योग्य जमिन कटान भएको छ । मानविय क्षति हुन नदिन नदि आपपासका स्थानियहरू लाई सुरक्षित स्थानमा सारिएको छ । बेलका सोमबारे मायुङ्ग्टार सडक पुर्ण क्षति भएको छ भने कोठु बाग्दा मैनामैनी सडक मा ७ ठाउमा पहिरो गएर यातायात अबरुद्ध छ जसका कारण बिरामिहरू मार्कामा परेका छन । यस्तै सयौ बिधुतिय पोल हरू ढल्दा बिजुलि अवरूद्द भएको छ जसका कारण सर्पको बिगबगि बढेपछि स्थानिय झनै त्रसित भएका छन ।

यता चौदण्डिगढि नगरपालिका पनि जलमग्न भएको छ । बेल्टार बजार पुरै रुपमा जलमग्न भएको छ । चौदण्डिगढि नगरपालिका ५ बेलिमा त्रियुगा नदिले बाध फुटाउदा १० घर परिवारका ६० जना टप्पुमा फसेका छन । उनीहरुको सकुशल उद्दार गर्न लागि स्थानिय बासिन्दा, प्रहरी, स्थानीय सरकार लागि रहेका छन।
उदयपुरकै कटारी बजार समेत डुवानमा परेको छ ।

बजार चार दिनयता जलमग्न हुदै आएको छ । जमिनको सतहभन्दा उच्च सडक र नगरपालिकाले नालाहरु नियमित सफा नगरेका कारण वर्षायाममा सडकबाट पानी घरघरमा पस्ने गरेको स्थानीयको दुखेसो छ । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण उदयपुर र सिन्धुलीको सीमामा पर्ने तावा र ककरु खोलाको बाँध फुटेको छ । उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिका भएर बग्ने तावा र ककरु खोलाको बाँध फुटेसँगै बस्ती र खेतीयोग्य जमिन जोखीममा परेका छन ।

यस्तै बर्षाकै कारण उदयपुरका पाहाडी गाउँपालिकाहरुमा समेत जोखिम भएको छ । अधिकांश गाउपालिका सम्म जाने सडकहरु पुर्णरुपमा क्षति भएका छन भने ठाउँ ठाउँमा पहिरो गएका कारण रौतामाई गाउपालिका ,उदयपुरगढी गाउपालिका, लिङचुङबुङ र ताप्ती गाउँपालिकाका सर्वसारधणलाई समस्या भएको छ । जोखिम रहेका स्थानहरु बाट स्थानीयलाइ हटाउन जनप्रतिनिहरु आफै खटिरहेको बताईएको छ । हाल सम्म उदयपुरमा मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरमा बर्षा जारी रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका