मृतकका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय, संघीय सरकारसँग हेलिकोप्टर मगाउने « Khabarhub

मृतकका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय, संघीय सरकारसँग हेलिकोप्टर मगाउने


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- बाढी र डुबान प्रभावितका परिवारलाई प्रदेश नम्बर २ सरकारले आर्थिक राहत उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले बाढीपहिरोका कारण मृतकका परिवारलाई ३/३ लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।

शनिवार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई प्रभावकारी बनाउँदै मृतकका परिवारलाई राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न सबैमा आह्वान समेत गरेको छ ।

राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ३६ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)