बाढी पहिरोले अधिकांश राजमार्गमा अवरोध, कहाँकहाँको बाटो बन्यो अवरुद्ध ? (सूचीसहित) | Khabarhub Khabarhub

बाढी पहिरोले अधिकांश राजमार्गमा अवरोध, कहाँकहाँको बाटो बन्यो अवरुद्ध ? (सूचीसहित)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तरको वर्षाका कारण देश भरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

देशका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको प्रकोप देखिएको छ । बाढी पहिरोमा परि ३० जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा धनमालको पनि क्षति भएको छ ।

पहिरो र बाढीका कारण राजमार्ग र सडकहरु अवरुद्ध बनेका छन् । त्यसैले यात्रा गर्नुपूर्व कहाँको अवस्था कस्तो बुझ्न प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार धादिङ, बेनिघाटरोराङ गा.पा १० बादरेमोडमा डाँडाबाट लेदो खसेर दुई तर्फी बाटो बन्द भएकोमा लेदो हटाई बाटो खुल्ला गरिएको छ ।

हेटौडाबाट काठमाण्डौ आउने वाटो पहिरोका कारण अवरुद्ध छ भने नारायणगढ बाट काठमाण्डौ आउने बाटो सुचारु रहेको छ ।
यस्तै बारको जितपुर सिमरामको महेन्द्रमार्ग अवरुद्ध छ ।

प्रहरीका अनुसार काभ्रेको रोशी गाउपालिका ११ माम्तीमा सडकमा लेदो खस्दा बिपी राजमार्ग अवरुद्ध बनेको छ । त्यस्तै चितवनको ठोरी पर्सामा पानीको वहाव बढेका कारण यातायाता सञ्चालनमा समस्या परेको छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गापा १ कमेरी भन्ने स्थानमा बिपी राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै ध्वाप्मे खोलामा अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ ।

मुस्ताङको थामाङ गापा ४ घोप्टेभीरमा कालीगण्डकी नदीको पानीको वहाव बढी बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको खोटाङ नपा १४ घुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आइ अवरुद्ध भएको छ भने कटारी नपा १४ को बदुरा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गापा ७ सिद्दिचरण राजमार्ग बाढीले अवरुद्ध बनेको छ ।

त्यस्तै तेह्रथुमको लालिगुरास नपा ९ काडेस्थित म्याङलुङ बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ ।

ललितपुरको भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ, हेटौडा जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मकवानपुरको कुलाखानी सडक खण्डको विभिन्न स्थानमा पहिरो खसी बाटो अवरुद्ध भएको छ ।

यस्तै मकवानपुरबाट फाखेल हुँदै काठमाडौं भित्रने सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।

त्यस्तै इलामको सुर्योदय नपा ९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड माथिबाट पहिरो आइ अवरुद्ध भएको छ ।

धादिङको नौविसेदेखि हेटौडा जाँने त्रिभुवन राजपथमा नौविसे भन्दा ३ किमी हेटौडा तर्फ रुख ढलेर बाटो अवरुद्ध भएको छ ।

महोत्तरीको बर्दिवास नपा १ र ४ जोड्ने पुल भस्सी खोलाको पुल ३५ मिटर बगाएका कारण पूर्वपश्चिम राजमार्गमा अवरोध रहेको प्रहरीले जनाएको छ ।

रामेछापको मन्थली नपा ६ सेलेघाट भन्ने स्थानमा पहिरो आइ मन्थली काठमाडौं आउने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रसुवाको उत्तरगया गापास्थित वेत्रावती मैलुङ स्याफ्रुबेशी सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

कालिकोटको खाडाचक्र गापा ७ स्थित बजारदेखि जुम्लातर्फ जाने सडक माथिबाट खसेको ढुंगाका कारण कर्णलाी राजमार्ग अवरुद्ध भएको छ ।

त्यस्तै दैलेको गुराँस गापा २ स्थित तल्लोडुङ्गेश्वर ग्रिवाकोट सुखेत सडकखण्डमा अवरोध रहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरुद्ध बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । यात्रा गर्दा संयमता अपनाउन र सुरक्षामा ध्यादिन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ३ : ४३ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको