बाढी पहिरोले कुन जिल्लामा कतिको लियो ज्यान (नामसहित) « Khabarhub

बाढी पहिरोले कुन जिल्लामा कतिको लियो ज्यान (नामसहित)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

असार २६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो र घर भत्कदा मानिसहरुको ज्यान गएको हो ।

बाढी पहिरोमा परि ज्यान गुमाउनेको नामावली

पर्सा – १ जनाको मृत्यु (निखील पटेल)
भोजपुर – २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
रामेछाप – १ जनाको मृत्यु (पदम कुमारी सुनुवार)
सिन्धुली – २ जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
काभ्रेपलान्चोक – ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
ललितपुर – ६ जनाको मृत्यु (सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो)
काठमाण्डौ – ३ जनाको मृत्यु (सर्मिला यादव, नितु यादव र कुन्दन यादव)
धादिङ्ग – २ जनाको मृत्यु (अस्मिता तामाङ्ग, राज कुमार ठकुरी )
खोटाङ्ग – ३ जनाको मृत्यु (रेखा राई, रोमन राई र रोहन राई)
मकवानपुर – २ जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
बारा – १ जनाको मृत्यु (विक्कु यादव)
ईलाम – १ जनाको मृत्यु (मानाहाङ्ग लावती )
झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने )
ओखलढुङ्गा –१ जनाको मृत्यु (पासाङपुटी शेर्पा)

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ३ : ५५ बजे

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय