देउवा पक्षको भेलाको निष्कर्ष–महाधिवेशन ०७७ फागुन सम्ममा गर्ने « Khabarhub

देउवा पक्षको भेलाको निष्कर्ष–महाधिवेशन ०७७ फागुन सम्ममा गर्ने


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल लम्ब्याउने तयारी गरेका छन् । पार्टीको १४ औं महाधिवेशन २०७७ सालको फागुनसम्ममा गर्नेगरी उनले एक वर्षको कार्यकाल बढाउन खोजेका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा शनिवार विहान बसेको देउवा समूहको बैठकले ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निश्कर्ष निकालेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले ०७६ फागुन भित्रै नियमित महाधिवेशनको लागि दबाव बढाइरहेका बेला देउवा समूहले भने ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निश्कर्ष निकालेको हो ।

पार्टीको विधानले असाधरणस्थिति भएमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था गरेको छ ।

संविधानको राजनीतिक दलसम्वन्धी व्यवस्थाले थप ६ महिनाको समय समेत बढाउन सक्ने व्यवस्था गरेको छ ।

चालु केन्द्रीय कार्यसमितिको बैठकमै महाधिवेशनको क्यालेन्डर ल्याउन पौडेल र सिटौला पक्षले दबाब दिएका छन् । देउवा यसै केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको एजेण्डामा छलफल गर्न चाहेका थिएनन ।

तर, पौडेल पक्षले महाधिवेशनको क्यालेन्डरका विषयमा छलफल नहुने हो भने बैठकमै अनुपस्थित रहने चेतावनी दिएका थिए । त्यसपछि मात्रै देउवा महाधिवेशनको क्यालेन्डर ल्याउने पक्षमा जुटेका हुन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ६ : १० बजे

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले