बाढी पहिरोले अवरुद्ध यी सडक सुचारु, केही सडकको अवरोध खुलाउने प्रयास जारी « Khabarhub

बाढी पहिरोले अवरुद्ध यी सडक सुचारु, केही सडकको अवरोध खुलाउने प्रयास जारी


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न राजमार्ग र  बाटो सुचारु भएको छ ।

बाढी र पहिरोका कारण शुक्रबार र शनिवार विहानदेखि अवरुद्ध भएका सडकहरु सूचारु भएको हो ।

धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो सुचारु भएको छ ।

त्यस्तै नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड खुलेको छ ।

ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध प्रहरीले हटाई बाटो खुलाएको हो ।

यसैगरी रौतहट चन्द्रनिगाहापुर-२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका-४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका-९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ ।

यी सडक खुल्न बाँकी

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ ।

जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य हाल जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : ३६ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट