फोहोर बेचेर दाम कमाउने गरी ‘सेग्रिगेसन’ योजना लागू गर्दै काठमाडौं महानगरपालिका « Khabarhub

फोहोर बेचेर दाम कमाउने गरी ‘सेग्रिगेसन’ योजना लागू गर्दै काठमाडौं महानगरपालिका


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि भदौ १ गतेबाट ‘सेग्रिगेसन’ योजना लागू हुने भएको छ ।

महानगरभित्र उत्पादित फोहोरलाई व्यवस्थापन गर्नका लागि वडा नम्वर १२, १८, २१ र २३ बाट ‘सेग्रिगेसन’ योजना शुरु गर्न लागेको महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।

सुरुवाती चरणमा ४ वटा वडामा यो योजना लागु हुने र योजना प्रभावकारी भए ३२ वटै वडामा लागू गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार ‘सेग्रिगेसन’ योजना फोहोर व्यवस्थापन गर्ने एक नियम हो । यो नियम लागू भइसकेपछि महानगरपालिकाको क्षेत्रअन्तर्गतका बासिन्दाले आफ्नो घर भित्रै फोहोरलाई २ भागमा विभाजन गर्नुपर्ने छ ।

कुहिने फोहोरलाई एउटा र नकुहिने फोहोरलाई अर्को भाँडोमा राखेर महानगर क्षेत्रका बासिन्दाले आफ्नो घरभित्रै फोहोरको विभाजन गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

हाल महानगरको गाडीमा सर्वसाधरणले कुहिने नकुहिने सबै फोहोर फँयाकिरहेकाले र त्यसलाइ पहिचान गरी व्यवस्थापन गर्न यो योजना अघि सारेको उनको भनाइ छ ।

‘सेग्रिगेशनले फोहोर व्यवस्थापनमा सहयोग पुग्ने छ यसमा हामी मात्र लागि परेर हुदैँन,’ श्रेष्ठ भन्छन् ‘आममानिसले बुझ्नु जरुरी छ’ ।

आगामी आइतवारबाट यो योजना सुरु हुनेछ । श्रेष्ठका अनुसार योजना सुरु भएसँगै ४ वटा वडाका संकलित कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाइ कवाडीको रुपमा बेच्ने काम हुनेछ ।

फोहोर व्यवस्थापनका लागि महानगरले ४ वटा वडामै ९ समुह बनाइ करिब ५ सय जनालाई त्यस सम्बन्धी तालिम दिइसकेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : ०५ बजे

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न