फोहोर बेचेर दाम कमाउने गरी ‘सेग्रिगेसन’ योजना लागू गर्दै काठमाडौं महानगरपालिका « Khabarhub

फोहोर बेचेर दाम कमाउने गरी ‘सेग्रिगेसन’ योजना लागू गर्दै काठमाडौं महानगरपालिका


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि भदौ १ गतेबाट ‘सेग्रिगेसन’ योजना लागू हुने भएको छ ।

महानगरभित्र उत्पादित फोहोरलाई व्यवस्थापन गर्नका लागि वडा नम्वर १२, १८, २१ र २३ बाट ‘सेग्रिगेसन’ योजना शुरु गर्न लागेको महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।

सुरुवाती चरणमा ४ वटा वडामा यो योजना लागु हुने र योजना प्रभावकारी भए ३२ वटै वडामा लागू गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार ‘सेग्रिगेसन’ योजना फोहोर व्यवस्थापन गर्ने एक नियम हो । यो नियम लागू भइसकेपछि महानगरपालिकाको क्षेत्रअन्तर्गतका बासिन्दाले आफ्नो घर भित्रै फोहोरलाई २ भागमा विभाजन गर्नुपर्ने छ ।

कुहिने फोहोरलाई एउटा र नकुहिने फोहोरलाई अर्को भाँडोमा राखेर महानगर क्षेत्रका बासिन्दाले आफ्नो घरभित्रै फोहोरको विभाजन गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

हाल महानगरको गाडीमा सर्वसाधरणले कुहिने नकुहिने सबै फोहोर फँयाकिरहेकाले र त्यसलाइ पहिचान गरी व्यवस्थापन गर्न यो योजना अघि सारेको उनको भनाइ छ ।

‘सेग्रिगेशनले फोहोर व्यवस्थापनमा सहयोग पुग्ने छ यसमा हामी मात्र लागि परेर हुदैँन,’ श्रेष्ठ भन्छन् ‘आममानिसले बुझ्नु जरुरी छ’ ।

आगामी आइतवारबाट यो योजना सुरु हुनेछ । श्रेष्ठका अनुसार योजना सुरु भएसँगै ४ वटा वडाका संकलित कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाइ कवाडीको रुपमा बेच्ने काम हुनेछ ।

फोहोर व्यवस्थापनका लागि महानगरले ४ वटा वडामै ९ समुह बनाइ करिब ५ सय जनालाई त्यस सम्बन्धी तालिम दिइसकेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : ०५ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न