नेपाल प्रहरीको हिरासत तोडेर २ जना भारतीय थुनुवा फरार « Khabarhub

नेपाल प्रहरीको हिरासत तोडेर २ जना भारतीय थुनुवा फरार


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रगढी– नेपाल प्रहरीको हिरासतबाट २ जना भारतीय थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका २ भारतीय फरार भएका हुन् । प्रहरीका अनुसार २ जना भारतीय थुनुवा हिरासत कक्षको ताता फोडेर फरार भएका हुन् ।

भारतीय राज्य पश्चिम बंगालअन्तर्गतको दार्जिलिङ जिल्ला घर भएका २९ वर्षीय गणेश मण्डल र २६ वर्षीय गणेश कामती प्रहरीको हिरासतबाट भागेका हुन् ।

उनीहरुलाई चोरी मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले फरार भएका दुवै थुनुवाको खोजी जारी रहेको जानकारी दिए । उनीहरु भारत जानसक्ने भएकाले सीमा नाकामा कडाइका साथ चेकजाँच भइरहेको मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार भारतीय थुनुवाहरु फरार भएको घटनाको अनुसन्धानका लागि आन्तरिक छानबिन समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : २८ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको