नेपाल प्रहरीको हिरासत तोडेर २ जना भारतीय थुनुवा फरार | Khabarhub Khabarhub

नेपाल प्रहरीको हिरासत तोडेर २ जना भारतीय थुनुवा फरार


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रगढी– नेपाल प्रहरीको हिरासतबाट २ जना भारतीय थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका २ भारतीय फरार भएका हुन् । प्रहरीका अनुसार २ जना भारतीय थुनुवा हिरासत कक्षको ताता फोडेर फरार भएका हुन् ।

भारतीय राज्य पश्चिम बंगालअन्तर्गतको दार्जिलिङ जिल्ला घर भएका २९ वर्षीय गणेश मण्डल र २६ वर्षीय गणेश कामती प्रहरीको हिरासतबाट भागेका हुन् ।

उनीहरुलाई चोरी मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले फरार भएका दुवै थुनुवाको खोजी जारी रहेको जानकारी दिए । उनीहरु भारत जानसक्ने भएकाले सीमा नाकामा कडाइका साथ चेकजाँच भइरहेको मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार भारतीय थुनुवाहरु फरार भएको घटनाको अनुसन्धानका लागि आन्तरिक छानबिन समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : २८ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१