एनआरएन अस्ट्रेलियाविरुद्ध मेलवर्नस्थित उच्च अदालतमा मुद्दा दायर « Khabarhub

एनआरएन अस्ट्रेलियाविरुद्ध मेलवर्नस्थित उच्च अदालतमा मुद्दा दायर


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ ।

एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना सदस्यहरुको अगुवाईमा एनआरएनविरुद्ध उच्च अदालत मेलवर्नमा मुद्दा दायर भएको हो ।

गैरराजनीतिक, सामाजिक संस्थाको रुपमा परिचित एनआरएनमा चरम राजनीति र गुटबन्दी भएको आरोप समेत सदस्यहरुले लगाएका छन् । अदालतमा मुद्दा दायर गर्नुपूर्व एनआरएनका अध्यक्ष तोनु घोतानेलाई वकिलमार्फत पत्र पठाइ आरोपबारे छानबिन पछि मात्र पदाधिकारीहरुको सपथ गर्न चेतावनी दिइएको थियो । तर, एनआरएन नेतृत्वले पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई यथावत राखि चेतावनीका बाबजुत गत अगस्ट ११ मा सपथ ग्रहण सम्पन्न गरेको थियो ।

एनआरएनको पारदर्शीता, जवाफदेहीता र मूल उद्देश्यबाट नेतृत्व लामो समयदेखि विमुख भएको र संस्थागत व्यवसायिकता हराएकाले आफूहरु बाध्य भएर कानूनी उपचारका लागि अदालत जानुपरेको सदस्य मध्येका एक गणेश गौतमले खबरहबलाई बताए ।

उनले समुदायको आस्थाको केन्द्रमा रहेको संस्थालाई नेतृत्वले आफ्नो निजी स्वार्थका लागि प्रयोग गरेको आरोप समेत लगाए । सदस्यहरुले अदालतमा मुद्दा दायर गरेपछि दुवै पक्ष १० दिन भित्र उपस्थित हुनुपर्ने छ । एनआरएन विरुद्धको कानुनी लडाईका लागि आर्थिक सहायता जुटाउन सदस्यहरुले गोफण्डमी मार्फत रकम संकलन शुरु गरेका छन् ।

एनआरएन अस्ट्रेलियाको गत महिनाको चुनाव प्रक्रिया चलिरहँदा अध्यक्षका प्रत्यासी केसव कँडेलको प्यानलका सदस्यलाई भोट गर्न अनुरोध सहितको एसएमएस मतदाताले पाएका थिए । चुनावमा नाम नसुनेका र नचिनेका उम्मेद्वारलाई एसएमएस मार्फत भोट मागेपछि मतदाता आश्चर्यमा परेका थिए । चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले आफूहरुबाट कुनै गल्ती नभएको दाबी गरे पनि जानकारहरु एनआरएन भित्रैबाट उम्मेद्वारहरुले मतदाताको विवरण लिएको बताउँछन् ।

एनआरएनको नेतृत्व लामो समयदेखि संस्थागत पारदर्शीतामा आलोचित हुँदै आए पनि विदेशमा एनआरएनविरुद्ध मुद्दा नै दर्ता भएपछि यहाँका नेपाली समुदाय आगामी निकासबारे प्रतिक्षारत छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १ : ०४ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी