पठाओको स्पष्टिकरण : निजी कार हाम्रो सेवामा आबद्ध छैनन् « Khabarhub

पठाओको स्पष्टिकरण : निजी कार हाम्रो सेवामा आबद्ध छैनन्


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राईड सेयरिङ्ग कम्पनी पठाओ नेपालले हालै सञ्चालनमा आएको ‘कार लाइट’ सेवामा निजी चार पांग्रे सवारी साधनलाई नसमेटको स्पष्ट पारेको छ ।

काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले नयाँ सेवामा निजी चार पांग्रे सवारी साधनलाई आबद्ध नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ ।

पठाओ नेपालले आफुहरुले ट्याक्सी सञ्चालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसनमार्फत जोडेको स्पष्ट गरेको हो ।

पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न सञ्चारमाध्यममा पठाओ नेपालले चार पांग्रे निजी सवारी साधनमार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरे ।

नेपाल सरकारले तोकेको ट्याक्सीको भाडा दररेटअनुसार नै ‘कार लाइट’ सेवा सञ्चालनमा रहेको पठाओले जनाएको छ ।

पठाओको ‘कार लाइट’ सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ । कार लाइट सेवाअन्तर्गत बुकिङ्ग चार्ज भन्दै एक सय रुपैयाँ ग्राहकलाई लिन गएको, ग्राहकको चाहनाअनुसार प्रतिक्षा गरेको, इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एकमुष्ट जोडेर एक सय रुपैयाँ लिएको स्पष्ट पारेको छ ।

सूचना प्रविधिको प्रयोग र कम्प्यूटरमा आधारित विभिन्न एपलिकेशनहरु सञ्चालन गर्ने र त्यसकै माध्यमबाट आम नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले विगत १ वर्षदेखि पठाओ सञ्चालन भइरहेको छ ।

कम्पनीले हाल मोटरसाइकल ‘राईड शेयरिङ्ग’ सँगै यही साउन २४ गतेदेखि ‘कार लाइट’ नामबाट कालो प्लेट भएका सार्वजनिक ट्याक्सीहरु पनि पठाओ एपलिकेशनबाट सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ५८ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै