बैंकका सीइओको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश | Khabarhub Khabarhub

बैंकका सीइओको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाको एकल ईजलाशले बैंकक सीईओ उमेरहद तोक्ने राष्ट्र बैंकको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

६५ वर्षमाथिका व्यक्तिहरु बैंकका सीईओ नियुक्त हुन नपाउने र बहाल रहेको भए ६९ वर्षभन्दा बढी भएको हुन नहुने भन्दै राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेको थियो ।

राष्ट्र बैंकको परिपत्र कार्यान्वयन नगर्न माग गर्दै प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिटमा सर्वोच्चले आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ,‘राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ मा वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम कारबाही नियमन गर्ने, ऐनले निर्दिष्ट गरेका विषयमा आवश्यक निर्देशन दिने तथा विशेष अवस्थामा प्रयोग हुने अधिकारका सम्वन्धमा उल्लेख भएको देखियो, तथापि सो दफामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारीको उमेर हद तोक्न सक्ने अधिकार विपक्षी बैंकलाई प्रदान गरेको देखिएन ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०