सप्तरीको तिलाठी कोइलाडीमा आगलागी, ५ घर जलेर नष्ट | Khabarhub Khabarhub

सप्तरीको तिलाठी कोइलाडीमा आगलागी, ५ घर जलेर नष्ट


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरामा मंगलबार दिउँसो आगलागी हुँदा दुई परिवारको पाँच घर जलेर नष्ट भएको छ । आगलागीमा कम्तीमा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परी सकरपुराका महन्थी मुखियाको तीन वटा घर र देवीलाल मुखियाको दुई वटा घर जलेर नष्ट भएका हुन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेको अग्निपीडितहरुले बताएका छन् ।

यसैबीच अग्निपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले संयुक्त रुपमा अग्निपीडित दुवै परिवारलाई राहत प्रदान गरेका छन् ।

तत्काल खानका लागि १०/१० किलो भुजा, ५/५ किलो चिउरा, दुई/दुई थान त्रिपाल, १० लिटरको बाल्टिन, मग, एक/एक किलो भुजिया, एक/एक किलो नुन, एक/एक दर्जन बिस्कुट वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’