सप्तरीको तिलाठी कोइलाडीमा आगलागी, ५ घर जलेर नष्ट « Khabarhub

सप्तरीको तिलाठी कोइलाडीमा आगलागी, ५ घर जलेर नष्ट


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरामा मंगलबार दिउँसो आगलागी हुँदा दुई परिवारको पाँच घर जलेर नष्ट भएको छ । आगलागीमा कम्तीमा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परी सकरपुराका महन्थी मुखियाको तीन वटा घर र देवीलाल मुखियाको दुई वटा घर जलेर नष्ट भएका हुन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेको अग्निपीडितहरुले बताएका छन् ।

यसैबीच अग्निपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले संयुक्त रुपमा अग्निपीडित दुवै परिवारलाई राहत प्रदान गरेका छन् ।

तत्काल खानका लागि १०/१० किलो भुजा, ५/५ किलो चिउरा, दुई/दुई थान त्रिपाल, १० लिटरको बाल्टिन, मग, एक/एक किलो भुजिया, एक/एक किलो नुन, एक/एक दर्जन बिस्कुट वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत राजेशकुमार झाले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ४९ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६