विपद् व्यवस्थापनका लागि ५ करोड ३० लाख डलर राहत « Khabarhub

विपद् व्यवस्थापनका लागि ५ करोड ३० लाख डलर राहत


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले हालैको प्राकृतिक विपदमा भएको क्षति व्यवस्थापनका लागि ठूलो क्षति भएका विभिन्न पाँच प्रान्तका लागि पाँच करोड ३० लाख ७५ हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको चिनियाँ विपद व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

उक्त रकम प्राकृतिक विपद्मा परी वेपत्ता भएका विरामीको खोजी, घाइतेको उद्धार तथा ठूला प्राकृतिक विपदबाट नागरिकलाई जोगाउन हुने सरकारी निरीक्षण तथा अनुगमनमा खर्चिने मन्त्रालयले आफ्नो वेबसामइटमा उल्लेख गरेको छ ।

विपद्को कारण क्षति व्यहोरेका चीनको मध्य क्षेत्रमा रहेको हुनान र दक्षिणपूर्वी युनान प्रान्तका लागि क्रमशः ११ करोड ५० लाख र १० करोड २० लाख चिनियाँ युआन छुट्याइएको छ भने बाँकी रकम प्रभावित अन्य तीन प्रान्तका लागि खर्चिने छ । च्याङ सी, क्वी चौ तथा छोङकिन नगरपालिकाको विपद् व्यवस्थापनका लागि प्रयोग गरिने मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले स्थानीय टोलीलाई सघाउन केही केन्द्रीय टोलीसमेतलाई प्रभावित क्षेत्रमा पठाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ५६ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको