गुगल म्याप्सबाट फेला पर्‍यो २२ वर्ष अघि हराएका व्यक्तिको अवशेष « Khabarhub

गुगल म्याप्सबाट फेला पर्‍यो २२ वर्ष अघि हराएका व्यक्तिको अवशेष


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ।

विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला उनी ४० वर्षका थिए।

एउटा नाइट क्लब गएका उनी घर फर्केनन् । लगत्तै प्रहरीले अनुसन्धान शुरु गरेपनि त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन।

२२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो।

गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला पर्‍यो। त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको थियो।

सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एक जना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका हुन।

“आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो। तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ,” चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ।

गुगल म्याप्समा अझै पनि चाँदी रङ्गको गाडी तालमा डुबेको देख्न सकिन्छ।

पामबिच काउन्टीका एकजना अधिकारीले विलियम मोल्डले गाडीमाथि नियन्त्रण गुमाएका कारण गाडी तालमा पुगेको हुनसक्ने अनुमान लगाइएको बताए।

यसअघि गरिएका प्रारम्भिक अनुसन्धानका बेला गाडी डुबेको हुनसक्ने भन्ने विषयमा कुनै पनि किसिमको प्रमाण फेला परेको थिएन। हालसालै पानी चलायमान भएपछि गाडी देखा परेको अधिकारीहरू बताउँछन्।

“त्यतिअघि के भएको थियो भन्ने कुरा पत्ता लगाउन गाह्रो छ,” प्रहरी प्रवक्ताले भनिन्।

“हामीलाई के मात्र थाहा थियो भने उनी यो धर्तीबाट हराएका थिए र अहिले आएर उनी फेला परेका छन्।”

हराएको रात मोल्ड क्लबबाट स्थानीय समय अनुसार करिब ११ बजेतिर निस्किएको न्याशनल मिसिङ्ग एन्ड अनआइडेन्टिफाइड पर्सन्स सिस्टमको रिपोर्टमा उल्लेख गरिएको छ।

प्राय: शान्त रहने अनि धेरै घुलमिल नहुने स्वभावका मोल्डट क्लबबाट निस्कँदा मादक पदार्थको नसामा भएजस्तो देखिएका थिएनन्। उनी गाडीमा एक्लै निस्केका थिए।

“उनी प्राय: मादक पदार्थ सेवन गर्दैनथिए। तर त्यस दिन उनले मदिरा सेवन गरेका थिए,” रिपोर्टमा उल्लेख गरिएको छ।
मोल्डले उक्त रात करिब ११:३० मा आफ्नी प्रेमिकासँग टेलिफोन सम्पर्क गरेका थिए। आफू चाँडै घर पुग्ने बताए पनि उनी त्यसपछि कहिल्यै देखा परेनन्।

मोल्डको परिवारलाई उनको अवशेष फेला परेको खबर गरिएको छ। बीबीसीबाट

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १७ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट