व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै « Khabarhub

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट २०५२-५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिए ।

मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उनले जानकारी दिए ।

‘जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरापालन भइरहेको छ’, उनले भने, ‘उत्पादित कुखुराको बजारको समस्या छैन । राजधानी काठमाडौँसँगै वीरगन्ज र मधेसका विभिन्न स्थानमा यहाँको उत्पादन पुग्ने गरेको छ ।’

जिल्लामा करिब ४०० को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेको उनले बताउए। जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा पाल्ने व्यवसायी पाँच-छ जनामात्रै छन् । यस्तै, १० देखि २० हजारको सङ्ख्यामा कुखुरापालन गर्ने व्यवसायी भने केही बढी छन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आयातित कुखुरा तथा अण्डा  निरुत्साहित गर्नेगरी राज्यले नीति लिनु जरुरी भएको सङ्घका जिल्ला उपाध्यक्ष रविन ढकालको भनाइ छ । मकवानपुरमा दैनिक चारदेखि साढे चार लाख अण्डा उत्पादन हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ३६ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट