नेपालमा चिनियाँ नागरिकको अपराध बढ्यो | Khabarhub Khabarhub

नेपालमा चिनियाँ नागरिकको अपराध बढ्यो



काठमाडौं-भदौ १५ गते शनिबार, काठमाडौंका केही बैंकका एटीएम बुथबाट अस्वभाविक रुपमा रकम निकालिएको सूचना प्रहरीमा पुग्यो ।

तत्काल अनुसन्धानमा जुटेको प्रहरीले त्यही दिन साँझ ५ जना चिनियाँ नागरिकलाई एटीएमको पीन ह्याक गरी रकम चोर्दै गर्दा पक्राउ गर्‍यो । पक्राउ पर्नेमा ५ जनामा चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाईलेइ, सु-लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन थिए।

अनुसन्धान गर्दै जाँदा भोलीपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिए । यो घटनामा चिनियाँ नागरिकलाई सहयोग गरेको भन्दै तीन नेपाली पनि समातिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्-अहिले सम्मको अनुसन्धान हेर्दा एटीएको पीन ह्याक गरी पैसा निकाल्ने मुख्य व्यक्ति भनेका चिनियाँ नागरिक नै हुन् । नेपालीहरु भने अप्रत्यक्ष रुपमा परिचालित भएको देखिन्छ ।

चिनियाँ नागरिकको संलग्नतामा नेपालमा आपराधिक क्रियाकलाप भएको यो घटना पछिल्लो तर धेरै चर्चा पाएको उदाहरण हो । यसअघि पनि चिनियाँ नागरिकहरु विभिन्न आपराधिक घटनामा पटक-पटक पक्राउ परेका छन् ।

सुन तस्करीमा चिनियाँ कनेक्सन

साउन २० गते, हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे । चैत अन्तिम साता मलद्वारमा साढे तीन किलो सुन लुकाएर नेपाल भित्र्याउनै लाग्दा तीन चिनियाँ नागरिक विमानस्थलबाटै समातिएका थिए।

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, वि.सं. २०७२ को भूकम्पयता सुन र विदेशी मुद्रा तस्करीमा चिनियाँ संलग्नता बढेको छ।

२०७४ भदौ १९ मा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्रपाटीको एक होटलबाहिर रोकिराखेको गाडीमा फल्स बटमभित्र लुकाइएको ८८ केजी सुन बरामद गरेको थियो। केरुङ नाका हुँदै भित्रिएको उक्त सुन ठमेलमै होटल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक वान विई मिङको रहेको सूचना थियो। तर मिङ काठमाडौंबाट भाग्न सफल भए।

नेपाली बेहुली चीनमा बिक्री

केहि साता अघि मात्र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विवाहको बहानामा नेपाली युवती चीनमा बेचेको आरोपमा १० जनालाई पक्राउ गर्‍यो ।

जसमा ६ जना नेपाली र ४ जना चिनियाँ नागरिक थिए । प्रहरीका अनुसार, पक्राउ परेका चिनियाँ नागरिकमा चीनको हुवेई प्रान्तका झेंग जियांग डोंग, झांग डांग हुई, क्वियान झान पेंग र क्विन लियांग छन् । उनीहरूमध्ये झेंग र झांग काठमाडौंमा काम गर्ने चिनियाँ दलाल हुन् ।

क्वियान र क्विन नेपाली युवतीसँग विवाह गर्न आएका चिनियाँ हुन् । मानव तस्करले एक जना युवतीलाई विवाह गराए बापत चिनियाँ दलालले १० लाखसम्म, काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार, युवतीको अभिभावकले ५० देखि ६० हजार वा नयाँ फोन वा जिन्सी सामग्री पाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

विमान भित्रै चोरी

यही भदौ ८ गते मात्र पनि जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परे । टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ राहदानी इजी-६८४२७२२ वाहक मा चिउवेइ र इजी-५७४२५२३ वाहक हु सिङचोङ छन् ।

यी केही उदाहारण मात्र हुन् । प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, वि.सं. २०७२ को भूकम्पयता सुन र विदेशी मुद्रा तस्करीमा चिनियाँ संलग्नता बढेको छ।

२०७३ माघ १ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले केरुङ हुँदै तिब्बत जाने तयारीमा रहेका तीन चिनियाँ नागरिकलाई ४ करोड ४० लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित काठमाडौंको थानकोटबाट पक्राउ गर्‍यो ।

२०७५ मंसिरमा पनि हङकङ उड्न लागेकी ५० वर्षीया चिनियाँ नागरिक मिङ जाङ झन्डै ३५ हजार अमेरिकी डलर, ३ लाख २७ हजार कोरियन बन र १ हजार ८५ पाउन्ड स्टर्लिङसहित पक्राउ परेकी थिइन् ।

यसबाहेक पनि हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी, बन्यजन्तु तस्करी लगायतमा समेत चिनियाँ नागरिकको संलग्नता देखिएको छ ।

चिनियाँहरुलाई अपराध अनुसन्धानको क्रममा बयान लिन समेत दोभोसे व्यक्ति खोज्नुपर्ने हुन्छ । यसरी दोभासे मार्फतको बयान निकै कठिन हुन्छ ।

कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका विभिन्न कारागारमा १४ जना चिनियाँ नागरिक छन् । ती मध्ये विभागका तीनवटा मुद्दा विदेशी मुद्राको रहेको विभागका महानिर्देशक वासुदेव घिमिरे बताउँछन् । उनका अनुसार, तीन वटा विदेशी मुद्रा, र दुई अबैध सुनको कारोबारका मुद्दा छन् ।

जबरजस्ती करणीको मुद्दामासमेत एकजना चिनियाँ नागरिक कारागारमा छन् । त्यसैगरी अन्यमा ठगी, राहदानी, डाँका चोरी, बन्यजन्तु तस्करी लगायतका मुद्दा छन् ।

यता महानगरीय प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, काठामडौं उपत्यकामा पछिल्लो १ बर्षको अवधिमा मात्र ११ जना चिनियाँ नागरिक विभिन्न अपराध कसुरमा पक्राउ परेका छन् । कार्यालयका एसएसपी श्याम ज्ञवालीका अनुसार, उनीहरु लागूऔषध, खोटाचलन, ठगी विदेशी मुद्रा लगायत मुद्दामा समातिएका हुन् ।

चिनियाँको अनुसन्धानमा कठिन

भदौ १५ गते एटीएम प्रणाली ह्याक गरी ठूलो रकम निकालेपछिको पक्राउ परेका चिनियाँ नगरिकको अनुसन्धानमा प्रहरीले निकै झमेला बेहोर्नु पर्‍यो ।

घटनाको अनुसन्धानमा जुटेका महानगरीय प्रहरी परिसर, काठमाडौका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, सर्बप्रथमत चिनियाँ नागरिकको नाम थाहा पाउँन नै मुस्किल भयो । चिनियाँबाहेकका भाषा उनीहरुले नबोल्ने र सामान्य अंग्रेजी पनि नबुझ्दा भाषा कै कारण धेरै समस्या हुने गरेको छ ।

चिनियाँहरुलाई अपराध अनुसन्धानको क्रममा बयान लिन समेत दोभोसे व्यक्ति खोज्नुपर्ने हुन्छ । यसरी दोभासे मार्फतको बयान निकै कठिन हुन्छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार, चिनियाँ नागरिक संलग्न हुने अपराधको अनुसन्धान निकै कठिन हुन्छ । पूर्वडिआइजी हेमन्त मल्ल पनि भाषा, नाम लगायतले अनुसन्धानमा कठिनाई हुने गरेको बताउँछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ४७ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित