दोस्रो युवा सम्मेलन बङ्गलादेशमा हुने « Khabarhub

दोस्रो युवा सम्मेलन बङ्गलादेशमा हुने


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ बङ्गलादेशको ढाकामा हुने भएको छ ।

क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलन आगामी असोज १ र २ गते सञ्चालन हुनेछ ।

ग्लोबल युथ पार्लियामेण्टद्वारा आयोजित सो सम्मेलनमा नेपालसहित श्रीलङ्का, पाकिस्तान र भारतलगायत दक्षिण एशियाली मुलुकबाट युवा प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा दक्षिण एशियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय युवाहरुलाई सम्मान गर्नुका साथै युवाहरुको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायतका विषयमा बृहत् छलफल हुने र अन्तिम दिन ढाका घोषणापत्र जारी गरिने ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दीवाकर अर्यालले जानकारी दिए ।

सम्मेलनमा विभिन्न देशका करीब ३०० युवाहरुको सहभागिता रहनेछ । सम्मेलनको संयोजन बङ्गलादेशको ग्लोबल ल थिङ्कर सोसाइटीले गरेको छ ।

पहिलो दक्षिण एशियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भइसकेको छ भने तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा सम्पन्न गरिने भएको छ ।

युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ ।

ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ९ : १६ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग