सनी लियोनलाई लिड रोलमा लिएर नयाँ फिल्म बन्ने, लण्डनमा शूटिङ हुने « Khabarhub

सनी लियोनलाई लिड रोलमा लिएर नयाँ फिल्म बन्ने, लण्डनमा शूटिङ हुने


२७ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतमा आइटम नृत्य गरेर चर्चामा रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई शीर्ष भूमिकामा अनुबन्ध गरेर नयाँ फिल्म निर्माण गरिने भएको छ । ‘पासवर्ड’ का निर्मातामध्येका एक अमीत बस्नेतले सनीलाई शीर्ष भूमिकामा लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरे ।

बिहीबार राजधानीमा भएको प्रिमियर शोको कार्यक्रममा बोल्ने क्रममा उनले ‘ब्रेकिङ न्यूज’ भन्दै अर्को चलचित्रमा सनी लियोनीको शीर्ष भूमिका रहने बताए । ‘तपाईंहरुका लागि एउटा ब्रेकिङ समाचार छ, हामीले अर्को चलचित्रमा सनी लियोनीलाई लिड रोलमा लिएर चलचित्र निर्माण गर्नेछौँ, उक्त चलचित्रको पूरै छायांकन लण्डनमा हुनेछ,’ उनले भने ।

यता सनीले पनि आफू नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको बताउँदै आएकी छिन् । उनले चलचित्र ‘पासवर्ड’ को गीतमा आफूले आइटम डान्स गर्न पाउँदा खुशी लागेको र नेपाल आफ्नो मन पर्ने देश भएको बताइन् ।

प्रिमियर शोमा भारतबाट आएकी सनी नै मुख्य आकर्षण बनेकी थिइन् ।

यद्यपि प्रिमियरमै अर्को प्रोजेक्टको घोषणा गरिए पनि यो चलचित्र बन्नेमा भने शंका गरिएको छ । यता चलचित्र ‘पासवर्ड’ ले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । धेरैले चलचित्रको कथा चित्तबुझ्दो नभएको र सम्पादन पनि राम्रोसँग नगरिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७६, शुक्रबार  १० : ५५ बजे

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका