मृत भन्दै अस्पतालले प्लास्टिकको झोलामा दिएको शिशु गाड्न लैजादै गर्दा चल्मलाएपछि… « Khabarhub

मृत भन्दै अस्पतालले प्लास्टिकको झोलामा दिएको शिशु गाड्न लैजादै गर्दा चल्मलाएपछि…


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीले शुक्रवार(आज) बिहान करीब ५ बजे सामान्यरुपमै शिशुलाई जन्म दिइन् ।

जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो ।

अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनको झोलमा राखेर अन्तिम संस्कारका लागि थमाइयो । शिशु जन्मिएपछि खुशी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै शिशुको अन्तिम तयारीका लागि लागे ।

छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो ।

“प्रसूतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए, दुखी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौँ”, घटनाको विवरण सुनाउँदै मिलनले भने, “ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारवाही गरिनुपर्छ ।”

मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रुपैयाँसमेत मागेको उनले बताए ।

“एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानून हो ?, कर्मचारीले कपडा धोएको रु ५०० र बच्चालाई गाडेको रु एक हजार ५०० गरी रु दुई हजार मागेपछि हामी आफैँ गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो”, मिलनले भने ।

शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ । सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ ।

गर्भवती भएदेखि नै अस्पतालकी डा उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज गएकी थिइन् ।

नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारवाहीको माग गरेका छन् ।

मिलनले भने “यसअघिको हाम्रो बच्चा खेर गयो, सन्तानको नाममा पहिलो शिशुका रुपमा छोरी पाएका थियौँ, अस्पतालका कर्मचारीका कारण ज्यूँदै बच्चालाई गाड्न लगाइयो ।”

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ०४ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर