स्वारेज अभ्यासमा फर्किए, भ्यालेन्सियाविरुद्ध मेस्सीको सम्भावना कम « Khabarhub

स्वारेज अभ्यासमा फर्किए, भ्यालेन्सियाविरुद्ध मेस्सीको सम्भावना कम


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नयाँ सिजनको शुरु मै चोट लागेपछि आराम गरिरहेका बार्सिलोनाका स्टार खेलाडी लुईस स्वारेज अभ्यासमा फर्किएका छन् ।

आराममा रहेका उनी बिहीबारदेखि क्लबको अभ्यासमा सहभागी भएका हुन् । चोट निको भएपछि स्वारेज अभ्यासमा फर्किइ सकेका छन् भने कप्तान लियोनल मेस्सी अझै आराममै रहेका छन् ।

स्वारेजले बार्सिलोनाका पछिल्ला २ खेल गुमाए छन् । उनले रियल बेटिस र ओसासुनासँगको खेल गुमाएका थिए । प्रशिक्षक अर्नेस्टो भाल्भेडोर स्टार खेलाडीलाई टिममा बोलाउन आतुर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

बार्सिलोनाले ३ खेलबाट मात्रै ४ अंक जोड्न सकेको छ । त्यस्तै, कप्तान लियोनल मेस्सीलाई पनि चोट लागेपछि उनी पनि क्लबको अभ्यासमा फर्किन सकेका छैनन् ।

अहिलेसम्म अभ्यासमा नफर्किएका मेस्सीले शनिबार हुने भ्यालेन्सियाविरुद्धको खेल पनि गुमाउने सम्भावना रहेको छ । तर, मेस्सी यो सिजनमा बार्सिलोनाको च्याम्पियन्स लिगको पहिलो खेल डटमन्डविरुद्ध भने मैदान उत्रिने बताइएको छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेल १८ तारेखका दिन डटमण्डसँग खेल्दैछ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : १० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय