स्वारेज अभ्यासमा फर्किए, भ्यालेन्सियाविरुद्ध मेस्सीको सम्भावना कम « Khabarhub

स्वारेज अभ्यासमा फर्किए, भ्यालेन्सियाविरुद्ध मेस्सीको सम्भावना कम


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नयाँ सिजनको शुरु मै चोट लागेपछि आराम गरिरहेका बार्सिलोनाका स्टार खेलाडी लुईस स्वारेज अभ्यासमा फर्किएका छन् ।

आराममा रहेका उनी बिहीबारदेखि क्लबको अभ्यासमा सहभागी भएका हुन् । चोट निको भएपछि स्वारेज अभ्यासमा फर्किइ सकेका छन् भने कप्तान लियोनल मेस्सी अझै आराममै रहेका छन् ।

स्वारेजले बार्सिलोनाका पछिल्ला २ खेल गुमाए छन् । उनले रियल बेटिस र ओसासुनासँगको खेल गुमाएका थिए । प्रशिक्षक अर्नेस्टो भाल्भेडोर स्टार खेलाडीलाई टिममा बोलाउन आतुर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

बार्सिलोनाले ३ खेलबाट मात्रै ४ अंक जोड्न सकेको छ । त्यस्तै, कप्तान लियोनल मेस्सीलाई पनि चोट लागेपछि उनी पनि क्लबको अभ्यासमा फर्किन सकेका छैनन् ।

अहिलेसम्म अभ्यासमा नफर्किएका मेस्सीले शनिबार हुने भ्यालेन्सियाविरुद्धको खेल पनि गुमाउने सम्भावना रहेको छ । तर, मेस्सी यो सिजनमा बार्सिलोनाको च्याम्पियन्स लिगको पहिलो खेल डटमन्डविरुद्ध भने मैदान उत्रिने बताइएको छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेल १८ तारेखका दिन डटमण्डसँग खेल्दैछ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : १० बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा