बलोचिस्तान स्वतन्त्रताको माग गर्दै यूएनएचआरसी अघि प्रदर्शन « Khabarhub

बलोचिस्तान स्वतन्त्रताको माग गर्दै यूएनएचआरसी अघि प्रदर्शन


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको बलोचिस्तान प्रान्तमा स्वतन्त्रताको माग गर्दै संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् (यूएनएचआरसी ) अघि प्रदर्शन गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४२ औँ बैठकअघि बलोचिस्तानमा मानवअधिकार र स्वतन्त्रता कायम गर्न माग गर्दै पोस्टर प्रदर्शन गरिएको हो ।

बलोच मानवअधिकार काउन्सिलको आयोजनामा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिएको जनाइएको छ ।

बलोच मानवअधिकार काउन्सिलले बलोचिस्तानमा हुने गरेको गैरन्यायिक हत्या, अपहरण तथा मानव अधिकार उल्लंघनका घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ ।

काउन्सिलले पाकिस्तानको हस्तक्षेपबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि ठूलो टेन्टभित्र बलोचिस्तानमा भएको मानवअधिकार उल्लंघनबारे वृत्तचित्र पनि प्रदर्शन गर्ने भएको छ ।

साथै मानवअधिकार उल्लंघनबारेका छलफल पनि गरिने जनाइएको छ, जहाँ युरोपियन पार्लियामेन्ट, अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले छलफल गर्नेछन् ।

बलोचिस्तानमा बस्दै आएका नागरिकहरुले स्वतन्त्रताको माग गर्दै १९४८ देखि नै प्रदर्शन गर्दै आइरहेका छन् । अमेरिका, जर्मनी, बेलायत लगायतका मुलुकमा पनि बलोचिस्तानका नागरिकको स्वतन्त्रताका लागि प्रदर्शन हुँदै आएको छ ।

बलोचिस्तानमा ठूलो जनघनत्व नभएपनि ग्यास र कोइलाको ठूलो भण्डार रहेको छ । बलोच राष्ट्रवादीहरूले इस्लामाबादले शोषण गरेको र प्रान्तलाई अधिकार नदिएको आरोप लगाउँदै आएका छन् । बलोचिस्तान प्राकृतिक स्रोत र खनिज पदार्थसम्पन्न भए पनि आर्थिक रुपमा भने विपन्न छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : ३९ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष