काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ « Khabarhub

काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोलढुंगामा प्रहरीले गोली प्रहार गरी गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको खोजी सूचीमा रहेका गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई  उनले कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनाए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ ।

गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेपछि उनी प्रहरीको खोजी सूचीमा रहेका थिए ।

यसैबीच, साजन गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ४४ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर