एएफसी यू–१६ च्याम्पियनसिपः शनिबार नेपालले जोर्डनको सामना गर्दै « Khabarhub

एएफसी यू–१६ च्याम्पियनसिपः शनिबार नेपालले जोर्डनको सामना गर्दै


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोपाली युवा फुटबल टोलीले एएफसी अण्डर–१६ च्याम्पियनसिपको ग्रुप ए क्वालिफायरमा शनिबार बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दैछ ।

गत भदौ १४ गते भारतसँग पराजित भएपछि साफ अण्डर–१६ च्याम्पियनसिपमा दोश्रो स्थानमा सिमित भएको नेपाली टोलीले दुई साताको अन्तरमा दोश्रो प्रतियोगिता खेल्न गइरहेको हो ।

अण्डर–१६ को क्वालिफायरको तयारी गरिरहदा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा लम्सालसँगै असिम राइ र ईश्वर गुरुङ असफल भएपछि नेपाललाई झड्का लागेको थियो ।

एमआरआईबाट तीनै खेलाडी बढी उमेरको भएको रिपोर्ट आएको थियो । लम्साल टिमबाट बारिएिपछि अब जान ताम्लीलाई नेपालको कप्तान नियुक्त गरिएको थियो । ताम्लीले टिम कमजोर भएपनि आफ्नो टोलीले शतप्रतिशत दिएर खेल्ने बताए ।

‘तीन जना प्रमुख खेलाडी नहँदा टिममा असर त परेको छ नै तर अब हामीले यहाँ हुने खेलहरुको बिषयमा सोच्नुपर्छ । सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनुपर्नेछ,’ ताम्लीले भने,‘त्यसको लागि हामी तयार छौं । हामी राम्रो फुटबल खेल्न चाहन्छौं ।’

नेपालको लागि २०२० मा हुने एएफसि अण्डर–१६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुन भने कठिन छ ।

नेपालको समूहमा दुई अरु बलिया राष्ट्र कुवेत र ताजकिस्तान पनि रहेका छन् भने अर्को टोली श्रीलंका रहेको छ । समुह बिजेता र ९ समुहमध्येबाट दोश्रो स्थानमा छनोट प्रतियोगिता सक्काउने उत्कृष्ट चार टोली मात्र अर्को बर्ष हुने च्याम्पियनसिपका लागि छनोट हुने भएकोले नेपालको लागि एक पराजय पनि घातक हुन सक्नेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रँगशालामा हुने पहिलो खेलमा धेरै चुनौति सामना गर्नुपर्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन् ।

‘जोर्डन एक बलियो प्रतिद्वन्दी हो र उनीहरुकै घरेलु मैदानमा खेल्दा हामीलाई दवाब अवश्य हुनेछ । हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो । यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ । हामीले काउन्ट अट्याकमा गोल गर्ने मौको सृजना गर्दै त्यसको भरपुर फाइदा उठाउनु पर्नेछ’, श्रेष्ठ भन्छन् ।

नेपाली जुनियर फुटबलमा हालको टिम अहिलेसम्मै कमजोर मध्येको एक रहेको मानिएको छ । तर जोर्डनका प्रशिक्षक अदनान अवाद भने आयोजक भन्दैमा आफ्नो टिमलाई दावेदारको रुपमा हेर्न चाहदैनन् ।

‘यो उमेर समुहको फुटबल हो र यहाँ कुनै टिम सानो वा ठूलो हुदैन । श्रीलंका, नेपाल, ताजकिस्तान, कुवेत र हामी पनि उमेर समुहमा एकै किसिमको टोली हौं । यो प्रतियोगिताको लागि हामीले केही योजनाहरु बनाएको छौं र त्यही अनुरुप खेल्नेछौं,’ अवादले भने ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष