एएफसी यू–१६ च्याम्पियनसिपः शनिबार नेपालले जोर्डनको सामना गर्दै « Khabarhub

एएफसी यू–१६ च्याम्पियनसिपः शनिबार नेपालले जोर्डनको सामना गर्दै


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोपाली युवा फुटबल टोलीले एएफसी अण्डर–१६ च्याम्पियनसिपको ग्रुप ए क्वालिफायरमा शनिबार बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दैछ ।

गत भदौ १४ गते भारतसँग पराजित भएपछि साफ अण्डर–१६ च्याम्पियनसिपमा दोश्रो स्थानमा सिमित भएको नेपाली टोलीले दुई साताको अन्तरमा दोश्रो प्रतियोगिता खेल्न गइरहेको हो ।

अण्डर–१६ को क्वालिफायरको तयारी गरिरहदा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा लम्सालसँगै असिम राइ र ईश्वर गुरुङ असफल भएपछि नेपाललाई झड्का लागेको थियो ।

एमआरआईबाट तीनै खेलाडी बढी उमेरको भएको रिपोर्ट आएको थियो । लम्साल टिमबाट बारिएिपछि अब जान ताम्लीलाई नेपालको कप्तान नियुक्त गरिएको थियो । ताम्लीले टिम कमजोर भएपनि आफ्नो टोलीले शतप्रतिशत दिएर खेल्ने बताए ।

‘तीन जना प्रमुख खेलाडी नहँदा टिममा असर त परेको छ नै तर अब हामीले यहाँ हुने खेलहरुको बिषयमा सोच्नुपर्छ । सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनुपर्नेछ,’ ताम्लीले भने,‘त्यसको लागि हामी तयार छौं । हामी राम्रो फुटबल खेल्न चाहन्छौं ।’

नेपालको लागि २०२० मा हुने एएफसि अण्डर–१६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुन भने कठिन छ ।

नेपालको समूहमा दुई अरु बलिया राष्ट्र कुवेत र ताजकिस्तान पनि रहेका छन् भने अर्को टोली श्रीलंका रहेको छ । समुह बिजेता र ९ समुहमध्येबाट दोश्रो स्थानमा छनोट प्रतियोगिता सक्काउने उत्कृष्ट चार टोली मात्र अर्को बर्ष हुने च्याम्पियनसिपका लागि छनोट हुने भएकोले नेपालको लागि एक पराजय पनि घातक हुन सक्नेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रँगशालामा हुने पहिलो खेलमा धेरै चुनौति सामना गर्नुपर्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन् ।

‘जोर्डन एक बलियो प्रतिद्वन्दी हो र उनीहरुकै घरेलु मैदानमा खेल्दा हामीलाई दवाब अवश्य हुनेछ । हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो । यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ । हामीले काउन्ट अट्याकमा गोल गर्ने मौको सृजना गर्दै त्यसको भरपुर फाइदा उठाउनु पर्नेछ’, श्रेष्ठ भन्छन् ।

नेपाली जुनियर फुटबलमा हालको टिम अहिलेसम्मै कमजोर मध्येको एक रहेको मानिएको छ । तर जोर्डनका प्रशिक्षक अदनान अवाद भने आयोजक भन्दैमा आफ्नो टिमलाई दावेदारको रुपमा हेर्न चाहदैनन् ।

‘यो उमेर समुहको फुटबल हो र यहाँ कुनै टिम सानो वा ठूलो हुदैन । श्रीलंका, नेपाल, ताजकिस्तान, कुवेत र हामी पनि उमेर समुहमा एकै किसिमको टोली हौं । यो प्रतियोगिताको लागि हामीले केही योजनाहरु बनाएको छौं र त्यही अनुरुप खेल्नेछौं,’ अवादले भने ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १० बजे

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय